back
NMB ad

बैंकको १०० रुपैंया अंकित १ अर्ब ५४ करोडको सेयर खुल्यो, आवेदन दिने स्थान थाहा पाउनुहोस् !

Kumari bank ad

काठमाडौ । नेपाल बैंक लिमिटेडको हकप्रद बिहिबारबाट खुलेको छ । बैंकको १०० बराबर २३ दशमलव ७४ को अनुपातमा हकप्रद खुलाएको हो ।

बिहिबारबाट खुलेको हकप्रद गत चैत्र २८ गते सम्मका शेयरधनीले आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले निष्काशन गर्न लागेको हकप्रद शेयरमा सिभिल क्यापिटल मार्केट लिमिटेड सिटिसी महल सुन्धारा र बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ ।

बैंकले प्रतिशेयर १०० रुपैयाँको दरले १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अर्थात् बैंकले १०० अंकित मूल्यको १ अर्ब ५४ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने हकप्रद शेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ हुनेछ । हाल चुक्ता पूँजीको ६२.२१ प्रतिशत शेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ । आवेदन निष्काशन तथा बिक्रीबन्द जेठ १० गते हुने बैंकले जनाएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख ८

वि.सं.२०७४ वैशाख ८ शुक्रवार ०९:२४ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...