back
NMB ad

के तपाईलाई हाईड्रोको १ करोड ६४ लाख कित्ता भन्दा बढि सेयर निष्काशनबारे थाहा छ ?

Kumari bank ad

रसुवागढी हाइड्रोपावर कम्पनीले कर्मचारीका लागि छुट्ट्याइएको २४ प्रतिशत सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा विवरण पेस गरेको छ । रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सेयर निष्कासनको स्वीकृतिका लागि विवरण पेस गरेको गरेको हो ।

बोर्डबाट स्वीकृति प्राप्त भएपछि चालु आर्थिक वर्षभित्रै सेयर निष्कासन गरी बाँडफाँट गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताए । पहिलो चरणमा निष्कासन गर्न लागिएको सेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनीका कर्मचारीले खरिद गर्न पाउनेछन् ।

कम्पनीका अनुसार सञ्चय कोषका करिब ५ लाख सञ्चयकर्ताका लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत सेयर छुट्ट्याइएको छ । कम्पनीले सिद्धार्थ क्यापिटललाई प्रमुख सेयर निष्कासनकर्ता तथा एनआइबिएल, ग्लोबल अइएमई र एनसिएम मर्चेन्ट बैंकिङलाई सह(निष्कासनको रूपमा नियुक्त गरेको छ । पहिलो चरणमा १ करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर निष्कासन हुनेछ ।

पहिलो चरणको सेयर बाँडफाँटपछि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्ट्याइएको १० प्रतिशत सेयर निष्कासन गरिने कोइरालाले बताए । तेस्रो चरणमा सर्वधारणका लागि १५ प्रतिशत सेयर निष्कासन गरी बाँडफाँड गरिने छ । आयोजनामा प्राधिकरणले १८ र चिलिमेले ३३ प्रतिशत लगानी गरेका छन् ।

बाँकी कर्मचारी, सञ्चयकर्ता, सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि सेयर निष्कासन गरिनेछ । यस्तै, आयोजनामा ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋण लगानी छ । हालसम्म आयोजनाको निर्माण करिब ४० प्रतिशत पूरा भएको छ । एक अमेरिकी डलरको मूल्य ८० रुपैयाँ हुँदा १४ अर्ब रुपैयाँ लागत अनुमान गरिए पनि अहिले संशोधन गरी १५ अर्ब रुपैयाँ पुर्याइएको छ । कम्पनीका अनुसार अहिलेसम्म करिब ३ अर्ब रुपैयाँ खर्च भएको छ ।उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ बैशाख १७

वि.सं.२०७४ वैशाख १७ आइतवार ११:३१ मा प्रकाशित

You can share this post!

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...