back
NMB ad

प्रतिकित्ता १९०० पर्ने सेयर १०० रुपैंयामा किन्ने मौका !

Kumari bank ad

काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले पाँच बराबर दुई दशमलव एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । हकप्रद निष्काशनका लागि कम्पनीले वैशाख ७ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

हकप्रद निष्काशन गर्नका लागि वैशाख १७ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।
हकप्रद सेयरका लागि बैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म आवेदन गर्न कम्पनीले आफ्ना सेयरधनीहरुलाई आह्वान गरेको छ । कम्पनीले बुक क्लोज गर्नु पूर्व अर्थात बैशाख १७ गतेभन्दा अघि नै सेयर लिईसकेका सेयरधनीले हकप्रद सेयर पाउनेछन् ।

सिद्धार्थले एक सय रुपैयाँ अंकित मूल्यमा आठ करोड ६२ लाख १२ हजार पाँच सय रुपैयाँ बराबरको आठ लाख ६२ हजार एक सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्तापुँजी ३४ करोड ४८ लाख ५० हजार रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ४३ करोड रुपैयाँ नाघ्ने बताइएको छ ।

यस कम्पनीको सेयर गत साता प्रतिकित्ता १९६० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख १७

वि.सं.२०७४ वैशाख १७ आइतवार १२:४७ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...