back
NMB ad

सिलिन्डर भित्रको ग्यास देख्न सकिने कम्पोजिट सिलिन्डर नेपाली बजारमा

Kumari bank ad

काठमाडौ। नेपालमै पहिलो पटक नेपाली उपभोक्ता माझ कम्पोजिट सिलिन्डर बजारमा आएको छ । क्लासिक ट्रेड इन्टरनेसनल प्रालिले कार्बन कम्पोजिट फाइबरले बनेको एलपिजी सिलिन्डरलाई बजारमा ल्याएको हो । आधुनिक प्रविधिबाट निर्मित यस कम्पोजिट सिलिन्डर कार्बन कम्पोजिट फाइबरले बनेको एलपिजी सिलिन्डरलाई मल्टी नेशनल कम्पनी टाइम टेक्नोप्लास्टले उत्पादन गरेको हो ।

फलामले बनेको सिलिन्डर ६० वर्ष पूरानो प्रविधि भएको कारण सुरक्षा सवालमा अत्यधिक जोखिम भएकै कारण विकल्पको खोजी भैरहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले बताए । कम्पोजिट सिलिन्डर अत्याधुनिक प्रविधिबाट बनेको हुँदा यो शतप्रतिशत सुरक्षित र उपयुक्त हुने प्रतिवद्धता व्याक्त गर्दै क्लासिक ट्रेड इन्टरनेसलका अध्यक्ष कृष्णकुमार श्रेष्ठले यो व्यापार र व्यावसायको मात्र सवाल नभई उपभोक्ताको सुरक्षा प्रमुख रहेको बताए ।

हाल बजारमा पाइने फलामको एल.पि.जी. सिलिण्डर बिस्फोटको खतरा, गह्रौ तौल भएको, अपारदर्शी एवं ग्यासको मात्रा जान्न नसकिने, पुरानो प्रविधिबाट बनेको, खिया लाग्ने तथा घाम पानीबाट खिएर जाने, आकर्षक आकार र रंगमा उपलब्ध नभएको, ओसार पसार तथा मर्मत संभारमा कठिनाई भएको एवम् युनिभर्सल भल्व जडान नभएको कारण दुर्घटना भई बढी क्षति हुने संभावना हुने भएको जनाउँदै क्लासिक ट्रेडले नवीनतम् प्रविधिमा आधारित कम्पोजिट एलपिजी सिलिण्डर बजारमा ल्याएको उल्लेख गरेको छ ।

कम्पनीको अनुसार नयाँ सिलिण्डर हलुका र भरपर्दो, पारदर्शी एवं ग्यासको मात्रा सजिलै देख्न सकिने, उच्च प्रविधिबाट बनेको, यु. भि. प्रविधियूक्त भएकोले घामपानीबाट खिया नलाग्ने तथा जस्तै खराब मौसममा पनि खिएर नजाने, आकर्षक रंग र आकारमा उपलब्ध हुने, पुनःप्रयोग गर्न सकिने कच्चापर्दाथबाट बनेको, मर्मत संभारमा लागत कम हुने, मजबुत बनावट भएको, युनिभर्सल भल्व जडान भएकोले ग्याँस लिकेज हुनबाट जोगाउछ । विकशित देशमा परीक्षण निकायबाट मजबुत प्रमाणित भएको साथै नेपाल सरकार, नापतौल तथा गुणस्तर विभागबाट समेत स्वीकृति तथा प्रमाणीकरण भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मितिः २०७४ बैशाख १८

वि.सं.२०७४ वैशाख १८ सोमवार १५:१५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...