back
NMB ad

अमेरिकी राष्ट्रपति ट्रम्पले किन भेट्न चाहे उत्तर कोरियाका किम जोङ उनलाई !

Kumari bank ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनलाई भेट्न चाहेको बताएका छन् । आफूले उत्तर कोरियाका नेता किमलाई भेट्न चाहेको र अहिलेको अवस्थामा त्यो आफ्ना लागि सम्मानको कुरा हुने ट्रम्पको भनाई छ ।

समाचार संस्था ब्लुमबर्गसँगको कुराकानीको क्रममा राष्ट्रपति ट्रम्पले किमलाई भेट्ने अवसर मिले आफूले पक्कै भेट्ने बताए । यसअघि आइतबार उनले किमलाई विशेष क्षमतासहितको व्यक्तिको रुपमा परिभाषित गरेका थिए ।

उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण कोरियाली प्रायद्विपमा तनाव बढी रहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो भनाई आएको हो । ट्रम्पको भनाईपछि ह्वाइट हाउसले विज्ञप्ति निकालेर उत्तर कोरियाले भेटवार्ताका लागि धेरै शर्त पूरा गर्नु पर्ने र त्यसपछि मात्रै दुई देशका नेताबिच भेटवार्ता हुन सक्ने उल्लेख गरेको छ । तर ती शर्त के हुने भन्ने चाहिँ स्पष्ट पारिएको छैन ।

उत्तर कोरियाको उत्तेजक क्रियाकलाप तत्काल बन्द भएको देख्न चाहेको ह्वाइट हाउसले जनाएको छ । आइतबार सिबिएससँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति ट्रम्पले सानै उमेर सत्ता हातमा लिन सक्ने किम निकै क्षमतावान व्यक्ति रहेको बताएका थिए ।

प्रकाशित मितिः २०७४ बैशाख १९

वि.सं.२०७४ वैशाख १९ मंगलवार १३:३४ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...