back
NMB ad

१४०० रुपैंयाभन्दा बढिमा किनबेच भईरहेको बैंकको सेयर १०० रुपैंयामै किन्ने अवसर !

Kumari bank ad

काठमाडौ। नेपाल एसविआई बैंक लिमिटेडले १० बराबर ४ कित्ता हकप्रद सेयर निष्काशन गर्नै भएको छ । हाल चुक्ता पुँजी ४ अर्ब ९७ करोड ९८ लाख रुपैयाँ भएको यस बैंकले १ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्तापुँजी ६ अर्ब ९७ करोड १७ लाख रुपैयाँ हुने बैंकले जनाएको छ । हकप्रद सेयरको लागि आगामी जेठ ७ गतेदेखि असार ११ गतेसम्म आवेदन खुला गरिएको बैंकले जनाएको छ ।

एसबीआई बैंकको केन्द्रीय कार्यालय केशरमहल लैनचौर काठमाडौंसहित देशभरका अधिकांश शाखा कार्यालयबाट हकप्रद सेयरमा आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड हात्तिसार काठमाडौं र एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।

यही बैंशाख २५ गतेसम्म सेयर किन्नेले हकप्रद सेयर लिन सक्नेछन् । हकप्रद सेयर निष्काशन प्रयोजनको लागि बैंकले बैंशाख २६ गते सेयरधनी दर्ता किताव बन्द गर्नेछ । हाल यस बैैंकको सेयर प्रतिकित्ता १४६५ रुपैयाँमा किनबेच भईरहेको छ । हकप्रद सेयर लिन प्रतिकित्ता १०० रुपैयाँ मात्र बुझाए पुग्छ । एसबीआईले गतवर्षको नाफाबाट लगानीकर्तालाई २८ प्रतिशत बोनस सेयर पनि दिइसकेको छ ।

एक वर्षअघि यस बैंकको साधारणसभाले हकप्रद सेयर प्रिमियम मूल्यमा निष्काशन गर्ने निर्णय गरेको थियो । तर यस वर्षको साधारणसभाले प्रिमियम मूल्य नराखी हकप्रद सेयर जारी गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख २०

वि.सं.२०७४ वैशाख २० बुधवार १४:५२ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...