back
NMB ad

विश्व बैंकले नेपालको दूध र मासुमा लगानी भित्र्याउंदै !

Kumari bank ad

काठमाडौ । दूध र मासुमा मुलुकलाई आत्मनिर्भर बनाउन विश्व बैंकले साढे तीन अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । साउनदेखि कार्यान्वयनमा आउन लागेको लाइभस्टक सेक्टर इन्नोभेसन प्रोजेक्टअन्तर्गत विश्व बैंकले दूध, मासु र पस्मिना उत्पादन क्षेत्रमा लगानी गर्न लागेको हो ।

पशुपक्षी मन्त्रालयका प्रवक्ता श्याम पौडेलका अनुसार विश्व बैंकले यो आयोजनाका लागि तीन अर्ब ३८ करोड २० लाख (८० मिलियन युयस डलर) लगानी गर्दै छ । नेपालको ३० जिल्लामा सञ्चालन हुने यो आयोजनाको अवधि ६ बर्ष तोकिएको छ । ‘जेठमा सम्झौता गरी साउनदेखि यो आयोजना कार्यान्वयनमा ल्याउँदै छौ’, पौडेलले भने ।

के के छन, कार्यक्रम ?

आयोजनाका निर्देशकसमेत रहेका मन्त्रालयका सहसचिव डा.वंशी शर्माका अनुसार सरकारले निर्धारण गरेको आर्थिक वर्ष ०७४÷७५ मा मासुमा आत्मनिर्भर र आव ०७५÷७६ मा दूधमा निर्भर बनाउनेसम्बन्धी प्याकेजमा कार्यक्रम सञ्चालनमा ल्याउने योजना बनाइएको छ ।

आयोजनाअन्तर्गत अहिले प्रतिव्यक्ति प्रतिवर्ष रहेको मासुको उपलब्धता १२ किलोबाट वृद्धि गरी १४ किलो पुर्‍याइनेछ । शर्माका अनुसार मासुमा आत्मनिर्भर बनाउन आगामी आर्थिक वर्षमा सबै प्रकारका मासु गरी ३७ करोड ४० लाख किलो मासु उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

अहिले ३१ करोड २० लाख किलो मासु उत्पादन हुँदै आएको छ । ‘आगामी वर्षमा थप ६ करोड २० लाख किलो मासु उत्पादन गरेर आयात दर प्रतिस्थापन गरी मासुमा मुलुकलाई पूर्ण रूपमा आत्मनिर्भर बनाउँदै छौ’, शर्माले जानकारी दिए ।

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो सात महिनाको अवधिमा दुई अर्ब २० करोड मूल्यबराबरको मासुजन्य वस्तु (राँगा, भैसी, खसी, कुखुरा, हाँस) सहित माछा आयात भएको छ । नेपालमा दसैंमा मासुको खपत अत्यधिक हुन्छ । उपत्यकामा दसैं अवधिमा ४९ हजार वटासम्म खसी(बोकाको कारोबार हुन्छ । जसमध्ये ८५ प्रतिशत भारतबाट आयात हुन्छ । उपत्यकामा वार्षिक १५ अर्ब मूल्यबराबरको खसीबोका कारोबार भए पनि दसैं अवधिमा मात्र १० अर्ब मूल्यबराबरको भारतबाट आयात हुन्छ ।

आयोजनाअन्तर्गत मासुमा आत्मनिर्भर बनाउन वोयर जातको खसीबोकाको नश्ल सुधार गरिनेछ । यसैगरी, संकलन केन्द्र, बधशाला, सुधारिएको मासु पसल निर्माण गरिनेछ । यसबाहेक मासुको उत्पादन वृद्धि गर्न हाल राँगा९पाडा० हुर्काउने, ग्रामीण कुखुरा कार्यक्रम, ६० जिल्लामा व्यावसायिक बाख्रा कार्यक्रम, २० जिल्लामा बाख्रा र भेडा उत्पादन प्रवद्र्धन कार्यक्रम, १० जिल्लामा बंगुर विकास कार्यक्रम, नश्ल सुधारलगायत कार्यक्रम सञ्चालनमा छन् ।

साउनदेखि कार्यान्वयनमा आउन लागेको लाइभस्टक सेक्टर इन्नोभेसन प्रोजेक्टअन्तर्गत विश्व बैंकले दूध, मासु र पस्मिना उत्पादन क्षेत्रमा लगानी गर्न लागेको हो । मन्त्रालयका अनुसार दूधतर्फ आत्मनिर्भर बनाउन हाल प्रतिव्यक्ति प्रतिवर्ष दूधको उपलब्धता ६७ लिटरबाट ९१ लिटर पुर्‍याउने लक्ष्य राखिएको छ । यसअनुसार आर्थिक वर्ष ०७५÷७६ सम्ममा वार्षिक दुई अर्ब ३६ करोड ६० लाख लिटर दूध उत्पादन गर्ने सरकारले योजना तयार गरेको छ । हाल वार्षिक रूपमा एक अर्ब ७४ करोड २० लाख लिटर दूध उत्पादन हुँदै आएको छ । ‘लक्ष्यलाई भेट्न एक अर्ब ७१ करोड ८३ लाख ४० हजार लिटर दूध उत्पादन गर्नुपर्छ,’ शर्माले भने, ‘दूध उत्पादन वृद्धि गर्न चालु आर्थिक वर्षमा पनि नियमित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेका छौं ।’

यस्तै, काँचो दूधमा झन्डै आत्मनिर्भर बन्दै गरेको नेपालमा हाल दुग्धजन्य पदार्थ ठूलो परिमाणमा आयात हुँदै आएको छ । पछिल्लो सात महिनामा दुग्धजन्यतर्फ एक अर्ब २२ करोड मूल्यबराबरको चिज, बटर, धुलो दूध, क्रिम, तयारी फ्लेवर दूधलगायत वस्तु आयात भएको छ ।

आयात दर प्रतिस्थापन गर्न आयोजनाअन्तर्गत डेरीको मूल्य शृंखलासम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याइनेछ । यसमा गाई(भैंसीको नश्ल सुधारदेखि बजारीकरण, फोरेज मिसन, डेरी निर्माण, पाउडर दूध कारखाना स्थापनालगायत कार्यक्रम सञ्चालन हुने भएको छ । हाल मध्यपहाडी, पूर्वपश्चिम र हुलाकी मार्ग केन्द्रित गाई(भैंसी बृहत्तर विकास कार्यक्रम सञ्चालनमा छ ।

सेक्स सिमेन, फोरेज मिसन, मिल्किङ मेसिन र डेरी उपकरणमा अनुदानलगायत कार्यक्रम मन्त्रालयले सञ्चालनमा ल्याएको छ । आयोजनाअन्तर्गत उच्च पहाडी क्षेत्रमा च्यांग्राको व्यावसायिक उत्पादन र गुणस्तरयुक्त पस्मिना उत्पादन गरी विदेश निर्यात गर्ने कार्यक्रमलाई पनि सहभागी गराइएको मन्त्रालयले जनाएको छ ।न्युजएग्रोबाट

प्रकाशित मितिः २०७४ बैशाख २०

वि.सं.२०७४ वैशाख २० बुधवार १६:२१ मा प्रकाशित

You can share this post!

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:३६

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका...

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:२५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट...

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:१९

काठमाडौँ, ३१ वैशाख : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन...

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान   

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:३८

क्यानबेरा, ३१ वैशाख  : अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को...