back
NMB ad

नागरिक उड्डयन प्रधिकरणमा तालाबन्दी गरिदिने एयरपोर्टका मजदुरहरुको धम्की

Kumari bank ad

काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा आउट सोर्सिंङमा कार्यरत श्रमिकहरुले गत पुस महिनाको मासिक पारिश्रमिक नपाएको भन्दै तालाबन्दी गर्ने धम्की दिएका छन् । प्राधिकरण व्यवस्थापन र ठेकेदार कम्पनीको आपसी खिचातानी र मिलेमतोको मार मजदुरहरुलाई पारेको र गत पुस महिनाको तलब नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । आन्दोलित मजदुरले यस विषयमा पटक–पटक व्यवस्थापन र ठेकेदार कम्पनीको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि आन्दोतिल हुन बाध्य भएको बताएका छन् । आफुले पाउनुपर्ने रकम माग गर्दा उल्टै धम्की दिने गरेको भन्दै आक्रोशित मजदुरले प्राधिकरण कार्यालयमा भोलि शुक्रबार तालाबन्दी गरिदिने चेतावनी दिएका हुन् ।

नागरिक प्राधिकरण अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ३५० भन्दा बढि मजदुरलाई पिडामा पारेको भन्दै मजदुर विरुद्धको ज्याजतीको डटेर सामना गर्ने यूनिट्राभका महासचिव सुमन पराजुलीले आक्रोशित शैलिमा बताए । बिहिबार कार्यालय समय अबधिभित्र मजदुरहरुले पाउनुपर्ने पुस महिनाको तलब र वृद्धि भएको मजदुरहरुको मासिक तलब उपलब्ध गराउन उनले माग गरे । यदि बिहिबारको अल्टिमेटमलाई बेवास्ता गरिए एयरपोर्टका दैनिक कार्यहरु समेत प्राभावित पार्नेगरी आन्दोलन अगाडि बढाईने उनले चेतावनी दिए ।

नागरिक उड्डयन प्राधिकरण बोर्ड बैठकले यसअघि गरेको निर्णयअनुसार मजदुरहरुले गत साउनदेखि पुससम्मको दैनिक रकम मिलान गर्नुपर्ने अवस्था रहेको बताईएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख २१

वि.सं.२०७४ वैशाख २१ बिहीवार ११:०४ मा प्रकाशित

You can share this post!

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...