back
NMB ad

स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओमा कसले कति कित्ता हात पारे ? कसरी बाँडफाँट भयो भन्ने जान्न यो पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ । स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओ बाँडफाँट भएको छ । बैंकको एफपीओमा १४० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ ।

यस आधारमा गोलाप्रथामा सेयर पाउनेको हातमा १० कित्ता परेको छ भने चिठा नपर्नेको चाहिँ हात खाली भएको छ । १५० कित्तादेखि माथि आवेदन दिने सबैले सेयर पाएका छन् । १५० कित्ताका लागि आवेदन दिनेको भागमा पनि १० कित्ता नै सेयर परेको छ ।

यसैगरी १६० कित्ता आवेदन दिनेले ११ कित्ता सेयर हात पारेका छन् । एवं तरिकाले धेरै आवेदन दिनेले क्रमशः बढी सेयर पाएका हुन् । सबैभन्दा बढी २५ हजार ५ सय ८० कित्ता आवेदन दिनेको भागमा १६३० कित्ता सेयर परेको छ ।

प्रतिशतका आधारमा हेर्दा १० देखि ३० कित्तासम्म आवेदन दिनेले २४.६० प्रतिशत सेयर पाएका छन् भने त्यसभन्दा माथि ४० देखि २५ हजार ५८० कित्तासम्म आवेदन दिनेको भागमा ६.३८ प्रतिशत सेयर परेको छ । यो सेयरमा कुल २ लाख १७ हजार ३२२ जनाले सेयर भरेका थिए । जसमा १ लाख ४० हजार १३२ जनाले सेयर पाएका छन् ।

यसअघि शुक्रबार बाँडफाँट गर्ने अन्तिम तयारी भइरहँदा बिक्री प्रबन्धकले आस्वाको डाटा भेरिफिकेसनमा समस्या भएको भन्दै रोकेको थियो । ठूलोमात्रामा आवेदकलाई रद्द गर्नुपर्ने भएकाले शुक्रबार बाँडफाँट हुन नसकेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दाबी गर्दै आएको छ ।

धितोपत्र बोर्डले शुक्रबारभित्र बाँडफाँट गरिसक्न अन्तिम समयसिमा दिएको थियो । बाँडफाँट तोकिएको समय नगरेको भन्दै बोर्डले बिक्री प्रबन्धकसँग स्पष्टीकरणसमेत मागेको थियो । चार्टर्डको एफपीओ बाँडफाँट भएपछि बजारमा तरलता सहज हुनुका साथै लगानीकर्तालाई समेत फाइदा पुग्ने विश्वास लिईएको छ । चार्टर्डको एफपीओमा २ लाख २५ हजार भन्दा बढीले ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५४० रुपैयाँ बराबरको आवेदन दिएका छन् । बैंकले चैत १ देखि ४ गते सम्म २५ लाख ५८ हजार १४० कित्ता एफपीओको बिक्री खुला गरेको थियो ।

प्रकाशित मितिः २०७४ बैशाख २६

वि.सं.२०७४ वैशाख २६ मंगलवार ११:४० मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...