back
NMB ad

भोट हाल्ने दिन बैशाख ३१ गते पानी पर्ने सम्भावना !

Kumari bank ad

काठमाडौ। मौसमविदहरुले स्थानीय चुनावको मतदान गर्ने दिनसम्म पनि पानी पर्नसक्ने पूर्वानुमान गरेका छन् । हिजोदेखि नै परिरहेको पानीले कतिपय जिल्लामा चुनाव प्रचार प्रसारको काम प्रभावित भएको छ । चितवनमा पानीसँगै परेको चट्याङले माओवादीका एक उम्मेदवारको मृत्यु भएको छ ।

मौसमविद समिर श्रेष्ठका अनुसार पानी पार्ने मौसमी प्रणाली बैशाख ३१ गतेसम्म नै सक्रिय रहने भएकाले भोट हाल्ने दिन पनि पानी पर्नसक्ने सम्भावना छ । गएरातिदेखि काठमाडौं उपत्यकासहित देशैभर मौसम बदली भएको छ र पूर्वी तथा मध्य नेपालमा पानी परिरहेको छ । पूर्व र मध्यको तुलनामा पश्चिम नेपालमा कम पानी परेको छ ।

पश्चिम नेपालको नजिक रहेको न्युन चापिय क्षेत्र, नेपालको मध्येभागबाट भारतको ओडिसासम्म बिकसित भएको अर्को न्युन चापिय क्षेत्र र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु पूर्वी क्षेत्रबाट नेपालमा छिरेको कारण अहिले पानी परिरहेको छ ।

अहिले नेपालमा प्री–मनसुन सक्रिय छ । सामान्यता जुन १० तारिखबाट नेपालमा मनसुन सुरु हुन्छ ।

प्रकाशित मितिः २०७४ बैशाख २६

वि.सं.२०७४ वैशाख २६ मंगलवार १२:१७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...