back
NMB ad

७ बर्षपछि सबै दुश्मनी भुलेर जोडिए रेखा र आर्यन !

Kumari bank ad

काठमाडौ । केही बर्षयता एकअर्काका दुश्मन मानिने नायिका रेखा थापा र नायक आर्यन सिग्देललाई दर्शकहरुले सात बर्षपछि एउटै फ्रेममा देख्न पाउने भएका छन् । पहिलो डेब्यू फिल्म नै आर्यनले रेखा थापासँग फिल्म किस्मत गरेका थिए । त्यसपछि दर्शकहरुको यो प्रिय जोडी बन्यो । किस्मत पछि आर्यन र रेखाले हिफाजत, कसले चोर्यो मेरो मन फिल्ममा एकसाथ काम गरे ।

आजभन्दा सात बर्ष अगाडि रिलिज भएको कसले चोर्यो मेरो मन पछि यो जोडीलाई दर्शकहरुले ठूलो पर्दामा हेर्न पाएका थिएनन् । यो फिल्मपछि बजारमा उनीहरुको सम्बन्ध विग्रिएको हल्ला खुबै चल्यो । यति मात्र होइन आर्यन र रेखाले एकअर्काको आलोचना गर्दै पनि हिँडे । अन्ततः सात बर्षपछि सबै दुश्मनी भुलेर रेखा र आर्यनले एउटै फिल्ममा काम गर्ने फाइनल भएको छ ।

बर्ष २०७२ मा रिलिज भएको फिल्म क्लासिक पछि बाहिरी ब्यानरका फिल्ममा काम नगर्ने घोषणा गरेका आर्यन जेष्ठ ४ गतेबाट फ्लोरमा जान लागेको रेखा थापाको होम प्रोडक्शनको फिल्म रुद्र प्रियामा लिड रोलमा फाइनल भएका छन् । फिल्ममा आर्यन रुद्र र रेखाले प्रिया को भूमिका निर्वाह गर्नेछन् ।

विशेषत रेखा अभिनित फिल्ममा अन्य कलाकारहरु ओझेलमा पर्ने गर्छन । आफै हिरोको रुपमा पर्दामा उत्रिने रेखाले रुद्रप्रिया मा आर्यन नै हिरो रहेको बताइन् । ‘रुद्र प्रिया’ लाई ‘माला’ फिल्मका निर्देशक सुदीप भूपाल सिंहले निर्देशन गर्नेछन् ।

प्रकाशित मितिः २०७४ बैशाख २९

वि.सं.२०७४ वैशाख २९ शुक्रवार ०८:४३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...