back
NMB ad

वैकल्पिक बाली सूर्यमूखी, किसानमा आकर्षणको यस्तो कथा !

Kumari bank ad

पाल्पा । वगनाशकाली गाउँपालिका–१, चिर्तुङ्गधारा ठूलाचौरका किसानले वैकल्पिक खेतीका रुपमा सूर्यमुखी फूलको खेती गर्न थालेका छन् । उनीहरूले १० रोपनी जग्गामा सूर्यमुखी फूललाई तेल उत्पादनका लागि वैकल्पिक बालीका रुपमा प्रयोग गरेका हुन् ।

जनजागृती अगुवा कृषक समूहका अध्यक्ष पोषकान्त भण्डारी भन्छन्, ‘खेतमा पानी लगाउने समस्या हुन थालेसँगै वैकल्पिक खेतीको खोजी गरेको बताए । अहिले यहाँका प्रायः सबै किसानले सूर्यमुखी खेती गरेका छन् । फूल राम्रो फुलेकोले उत्पादन पनि राम्रो हुने आशा राखेका छौं ।’

किसानहरुलाई सूर्यमुखी खेती गर्न जिल्ला कृषि विकास कार्यालयले २० किलो विउ अनुदान उपलब्ध गराएको छ । सामाजिक श्रोत विकास केन्द्र, नेपालले ४० हजार अनुदान सहित तालिम र समूह परिचालनमा सहयोग पुर्याएको छ । सूर्यमुखीको खेती गर्न किसानहरुले ७० मीटर लामो पक्की कुलो समेत जनश्रमदानमा निर्माण गरेका छन् ।

कृषक भण्डारीले परम्परागत खेतीबाट आम्दानी भन्दा बढी खर्च हुने देखेसँगै वैकल्पिक खेतीमा आकर्षित भएको बताए । ‘एक खेतमा ३÷४ बाली लगाउने भन्दै धान, गहुँ, मकैको खेती परम्परागत रुपमा हुन्थ्यो । लागत लाभ विश्लेषण गर्यौ । फाइदा हुने देखेर नगदेबाली र तरकारी खेती तर्फ उन्मुख भएका छौं’–भण्डारीले भने ।

समूहकी सदस्य शान्ति गैरे भन्छिन्,–‘समूह परिचालन राम्रो भएकै कारण विविध खेती गर्दै आएका छौं । तालिमहरु पनि हामीले पाएका छौं । अहिले परिक्षणका रुपमा सूर्यमुखी लगाएका हौं ।’
तरकारीका विउ, प्लाष्टिक टनेल, उन्नत जातका मकै र गहुका विउहरु अनुदानमा पाउदै आएको र कुनै समस्या देखापरेमा प्राविधिक सेवा लिने गरेका छौं, गैरेले भनिन् ।

तिनाउ गाउँपालिका दोभानमा सूर्यमुखीको व्यवसायीक खेती सुरु गरेका चोपलाल गिरीले सूर्यमुखीको फूल फुलेको देखेर उत्पादन हुनेमा विश्वस्त रहेको बताए । उनी भन्छन्, बुबाले लगाएको फूलमा मौरीहरु रस चुस्दै छन् । जसले मह उत्पादनमा वृद्धि हुने देखिएको छ । फूलमा मन आनन्दित समेत हुने रहेछ ।

कृषि सेवा केन्द्रका प्राविधिक सन्तोष जिसीले यसवर्ष जिल्लामा सूर्यमुखीको तेल उत्पादन हुने बताए । कृषकको माग अनुसार सूर्यमुखीको हाईब्रिट जातको किट बाँडिएको बताए । जिल्ला कृषि विकास कार्यालयका प्रमुख किशोरमान श्रेष्ठले रामपुर, वगनाशकाली, तिनाउ, रम्भा र तानसेनका विभिन्न स्थानहरुमा किसानले सूर्यमुखीको पहिलो पटक व्यवसायीक खेती सुरु गरेको बताए । उनी भन्छन्, ‘कृषकहरुलाई अनुदानमा वीउ पनि उपलब्ध गराएका छौं । प्राविधिक सेवा प्रदान गरेका छौं । यसको राम्रो उत्पादन भए जिल्लाका अन्य स्थानहरुमा पनि यसको खेती विस्तार गरिने छ । मौरी चरन र तेलको लागि वितरण बिउबाट उत्पादन राम्रो हुने देखेपछि किसानमा हौसला मिलेको छ ।’नागरिकन्यूजबाट

प्रकाशित मितिः २०७४ जेठ ८

वि.सं.२०७४ जेठ ८ सोमवार १७:०१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...