back
NMB ad

एकाएक ६ अर्ब विद्युत् महसुल मिनाह गर्दै सरकार

Kumari bank ad

काठमाडौ । अर्थ मन्त्रालयले नगरपालिका, गाविस तथा सडक बत्तीको उठ्न बाँकी करिब ६ अर्ब रुपैयाँ बराबरको विद्युत महशुल मिनाहा गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले आर्थिक पुनर्संरचनाका लागि मन्त्रालयमा पठाएको प्रस्ताव स्वीकृत गर्दै उक्त रकम मिनाह दिने निर्णय गरेको हो । यो प्रस्ताव मंगलबारको मन्त्रिपरिषदले समेत पारित गरेको छ । बक्यौताबापतको रकम मन्त्रालयले प्राधिकरणलाई शोधभर्नाको रूपमा दिनेछ ।

नगरपालिका, गाविस तथा सडक बत्तीको महशुल विगत ७ वर्षदेखि बक्यौता रहँदै आएको छ । ती कार्यालयले आर्थिक वर्ष २०७४/७५ देखि मासिकरूपमा तिर्न सहमत भए उक्त अवधिसम्मको बाँकी रकम मिनाह गर्ने निर्णय भएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार सडक बत्तीको महशुल आव २०६७/६८ देखि आव २०७२/७३ सम्म ४ अर्ब रुपैयाँ बाँकी छ । यही शीर्षकमा चालु आवमा करिब ५५ करोड थपिने छ । यस्तै, सरकारी कार्यालयको बक्यौता ५२ करोड रुपैया छ ।

आर्थिक पुनर्संरचना गरेर प्राधिकरणले अधिकृत सेयर पुँजी १ सय २५ अर्ब पुर्याउने भएको छ । अर्थले प्रस्ताव स्वीकृत गरेकाले अब केही वर्षमै प्राधिकरण नाफामा जाने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राधिकरणले आर्थिक वर्ष २०६८/६९ पछिको ३७ अर्ब ६० करोड घाटा अपलेखन गर्न गरेको प्रस्ताव भने अस्वीकृत भएको छ ।

प्राधिकरणले प्राप्त गर्ने वैदेशिक ऋणको व्याजदर ८ प्रतिशतबाट घटाएर ५ प्रतिशत पुर्याउनु पर्ने तथा भारतबाट विद्यत आयात गर्दा भइरहेको नोक्सानीको भरपाईलाई निरन्तरता दिन गरेको प्रस्ताव पनि अस्वीकृत भएको घिसिङले जानकारी दिए ।उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ जेठ ११

वि.सं.२०७४ जेठ ११ बिहीवार १३:५९ मा प्रकाशित

You can share this post!

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...