back
NMB ad

आजदेखि निक्काशन भएको ५ करोड ४० लाखको आईपिओ भर्न नछुटाउनुहोला ? कहाँ–कहाँबाट आवेदन ? हेर्नुहोस्

Kumari bank ad

काठमाडौ । आइतबार अर्थात् जेठ १४ गते देखि छ्याङ्दी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) निष्काशन सुरु भएको छ । आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरी बाँडफाँड समेत गरिसकेको कम्पनीले यसपटक सर्वसाधारण सेयरधनीका लागि पाँच लाख ४० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

छ्याङ्दीले चुक्तापुँजीको २० प्रतिशत सेयर जारी गर्ने जनाएको छ । जसअनुसार, कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा पाँच करोड ४० लाख रुपैयाँ बराबरको सेयर जारी गरेको छ । सेयर निष्काशन गर्नका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीको सेयर निष्काशन छिटोमा जेठ १८ गते र ढिलोमा २८ गते बन्द हुने बताइएको छ ।

कम्पनीले निष्काशन गर्न लागेको सेयरमध्ये १० हजार आठ सय कित्ता सेयर कर्मचारीका लागि र २७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी पाँच लाख २६ हजार पाँच सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीको सेयरमा कम्तिमा ५० कित्तादेखि अधिकतम २७ सय कित्ता सम्म आवेदन गर्न पाइनेछ ।

ग्लोवल आइएमई बैंक, छ्याङ्दी हाइड्रो पावर लिमिटेड, काठमाडौं क्यापिटल, जनरल फाइनान्स, रिलायवल क्यापिटल, एनसएमसी मर्चेन्ट बैंक, क्यापिटल लिमिटेडहरु एनआई, सानिमा, भिबोर, सिभिल र आस्वा सेवा दिने बैक तथा वित्तिय संस्थाबाट उक्त सेयरका लागि आवेदन दिन सकिनेछ ।

२०६४ सालमा स्थापित कम्पनीले लमजुङको फलेनी र वन्सार गाविसको मध्य भागमा रहेको छन्दी खोलामा निर्माण सम्पन्न भएको २ मेगावाट क्षमताको जलविद्युत आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरी केन्द्रिय प्रशारण लाइनबाट विद्युत बितरण गरिरहेको छ । उसले ४ मेगावाटको अपर छ्याङ्दी आयोजना समेत निर्माण गर्दैछ ।

प्रकाशित मितिः २०७४ जेठ १४

वि.सं.२०७४ जेठ १४ आइतवार १२:३२ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...