back
NMB ad

चुक्ता पुँजी वृद्धि गर्न नसकेर बैंकरहरु तनावमा हुनुहुन्छ ? त्यसोभए यो पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको चुक्ता पुँजी वृद्धिको समय ६ महिना थपिदिने भएको छ । केहि बैंक तथा वित्तिय संस्थाहरुलाई असार मसान्तसम्ममा चुक्ता पुँजी वृद्धि गर्न समस्या उत्पन्न भएपछि केन्द्रिय बैंकले ६ महिना समय थप्ने गृह कार्य थालेको हो ।

चालु आर्थिक बर्ष सकिएको ६ महिना भित्र तोकिएको चुक्ता पुँजी पुर्याउने समय उपलब्ध गराउनेबारे छलफल भैरहेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । उक्त अवधीमा पनि चुक्ता पुँजी पुर्याउन नसक्ने वित्तिय संस्थालाई भने कारवाही गरिने उनले जानकारी दिए ।

केन्द्रिय बैंकले २०७४ असार मसान्तभित्र बाणिज्य बैंकको ८ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकको २ अर्ब ५० करोड, चार देखि १० जिल्लास्तरका विकास बैंकको १ अर्ब ५० करोड, एकदेखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकको ५० करोड चुक्ता पुँजी पुर्याउने पर्ने व्यवस्था ल्याएको थियो ।

त्यस्तै, राष्ट्रिय स्तरका फाइनान्स कम्पनीको ८० करोड, ४ देखि १० जिल्ला कार्य क्षेत्र फाइनान्स कम्पनीको चुक्ता पुँजी ४० करोड पुर्याउनुपर्ने भनेको थियो । नागरिक दैनिकबाट

प्रकाशित मितिः २०७४ जेठ १४

वि.सं.२०७४ जेठ १४ आइतवार १२:५५ मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...