back
NMB ad

नेपाल बैंकद्वारा एउटै विद्यालयलाई ५२ लाख सहयोग

Kumari bank ad

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ६ वाँडेगाउँमा सञ्चालित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको भवन पुनःनिर्माणका लागि रु ५२ लाख सहयोग उपलब्ध गराएको छ ।

वाँडेगाउँमा आयोजित कार्यक्रममा उक्त बैंक सञ्चालक समितिका सदस्यद्वय डा उमाकान्त सिलवाल र सुरेन्द्रबहादुर सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तमविक्रम थापालाई सो रकम हस्तान्तरण गरेका छन् ।

बैंक सञ्चालक सदस्य सिंहले यस बैंकको इतिहासमा यति धेरै रकम सहयोगस्वरुप प्रदान गरेको पहिलोपटक भएको उल्लेख गर्दै सो रकम सदुपयोग गरी यस विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्न आग्रह गरे ।
इन्द्रावती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वंशलाल तामाङले १९६० सालमा स्थापित सिन्धुपाल्चोककै सबैभन्दा पुरानो यस ऐतिहासिक विद्यालयलाई गरिएको सहयोग एक सुखद संयोग रहेको चर्चा गर्दै सबै नाफामुलक कम्पनीद्वारा यस्तै उदार मनले सहयोग भए देशको आर्थिक सामाजिक परिवर्तनले गति पाउने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापालगायतका पदाधिकारीले प्राप्त रकमको पूर्ण सदुपयोग गरिने प्रतिबद्धता प्रकट गका थिए ।

यस विद्यालयका सबै भवन २०७२ को विनाशकारी भूकम्पबाट पूर्ण क्षतिग्रस्त भएपछि २५० विद्यार्थी अस्थायी टहरामा अध्ययन गर्दै आएका थिए । बैंकको सहयोगबाट यस स्थानमा करिब तीन हजार वर्गफिटको दुईतले आठकोठे पक्की भवन निर्माण हुनेभएको छ ।

नेपालकै अगुवा बैंकका रुपमा रहेको यस बंैकले देशका ५३ जिल्लामा १३० शाखा कार्यालय आठ एक्स्टेन्सन काउन्टरको कार्य सञ्जालमार्फत जनतालाई इ–बैंकिङ, मोबाइल बैंकिङलगायतका अनलाइन सेवा उपलब्ध गराउनुका साथै हाल रु ८४ अर्ब निक्षेप सङ्कलन गरी रु ७४ अर्ब कर्जा प्रवाह गरेको बैंकका प्रेस संयोजक मुकुन्द अर्यालले बताए ।
१६ जेठ २०७४

वि.सं.२०७४ जेठ १६ मंगलवार ०८:५५ मा प्रकाशित

You can share this post!

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...