back
NMB ad

अन्तर्राष्ट्रिय आरोही सम्मानित

Kumari bank ad

काठमाडौँ । अन्तर्राष्ट्रिय सगरमाथा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेपछि यस घटनाले अन्तर्राष्ट्रिय रुपमा चर्चा पायो । नेपालमा भने सन् २००८ देखि यो दिवस मनाउन सुरु गरिएको हो । सगरमाथा आरोहणको आज ६४ वर्ष पुगेको छ ।

दसौैँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्वतीय पर्यटनमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरिएको छ । मूल आयोजक समितिले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का तर्फबाट प्रदान गरिने कुमार खड्गविक्रम एडभेन्चर अवार्डबाट जापानी केन नोगुची र अमेरिकी रिचार्ड रेगनलाई सम्मान गरिएको हो । सम्मानित दुवैलाई एक तोला सुनको पदक र ताम्रपत्र प्रदान गरिएको छ ।

त्यसैगरी वसन्त ऋतुमा सगरमाथाको बाटो बनाउने आठ शेर्पालाई जनही रु २५ हजारसहित प्रमाणपत्र र बेलायती समूहका छ आरोहीलाई प्रशंसापत्र प्रदान गरियो । यस्तै आठ पटक सगरमाथा आरोह गर्ने लाक्पा शेर्पालाई पनि प्रशंसापत्र प्रदान गरियो । यी सबै पुरस्कार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री सुत्रित्रा थरुनीले वितरण गर्दै साहसिक आरोहणबाट नेपालका पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेकामा प्रशंसा ज्ञापन गरिन् ।

कार्यक्रममा मूल समारोह समितिका अध्यक्ष एवम् पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले नेपाललाई विश्वमा पहिचान गराउने पर्वतीय पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको साझेदारीलाई अझ प्रभावकारी बनाइने बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्वतीय पर्यटनलाई विश्वमा प्रवद्र्धन गरी बढी विदेशी पर्यटक भित्र्याउन योजनाबद्ध कार्यक्रम चाहिने उल्लेख गरे ।

मूल समारोह समितिका सदस्य सचिव एवम् एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले नेपाललाई विश्वसामु चिनाउने सर्वोच्च शिखरसहितका हिमालको संरक्षण र प्रवद्र्धनका लागि सरोकार भएकाहरुको ध्यान जानुपर्नेमा जोड दिए । सो अवसरमा नेपाल फिलाटेलिक सोसाइटीले प्रकाशनमा ल्याएको हिमाल अङ्कित संस्मरणात्मक आवरण हुलाक टिकटमा राज्यमन्त्री चौधरीले प्रथम टाँचा लगाएकी थिइन् ।
१६ जेठ २०७४

वि.सं.२०७४ जेठ १६ मंगलवार ०९:३४ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...