back
NMB ad

नेपाल–भारतबीच विद्युत खरिद गर्ने सम्झौता

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र एनभिभिएनबीच ८० मेगावाट विद्युत खरिद गर्ने सम्झौता भएको छ । ढल्केबर मुजफ्फरपुर अन्तर्देशीय प्रशारण लाइनबाट आयात गर्ने गरी प्रतियूनिट ३ रुपैयाँ ४४ पैसा भारतीय रुपैयाँ अर्थात् ५ रुपैयाँ ५० पैसामा उक्त विद्युत उर्जा खरिद गरिने सहमती भएको हो।

नेपालसँग विद्युत व्यापार गर्न भारतले नियुक्त गरेको नोडल एजेन्सी एनपीटीसी मार्फत विद्युत आयात गर्ने निर्णय कार्यन्वयन गर्न भारतबाट आएको टोली र विद्युत प्राधिकरणबीच आज फागुन ३ गते भएको छलफल पछि उक्त सहमति भएको हो।
उर्जा सचिव सुमनप्रसाद शर्माको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र निगमका महाप्रबन्धक ए के मेगुले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

हाल १३२ केभी भोल्टेज स्तरमा चार्ज हुने उक्त प्रशारण लाइनबाट फेब्रुअरी १६ ९फागुन ४० देखि १८ ९फागुन ६० भित्र ८० मेगावाटसम्म विद्युत लिन सुरु गर्ने र जुन महिनाको अन्त्यसम्म उक्त विद्युत लिइने सम्झौता पत्रमा उल्लेख गरिएको छ । सो विद्युत मुजफ्फरपुर डेलिभरी विन्दुमा प्राप्त हुनेछ।

एनभिभिएनले प्राधिकरणलाई सुरुमा प्रतियुनिट ८ रुपैयाँ ८० पैसामा ८० मेगावाट बिजुलीको प्रस्ताव गरेका कारण भारतबाट थप बिजुली नआउने आशंका बढेको थियो । तर एभिभिएनले दर घटाएर ५ रुपैयाँ ५० पैसा पुर्याएपछि विद्युत खरिद सम्झौता भएको हो।

नेपालले भारतबाट विभिन्न विन्दुबाट हाल २ सय ३५ मेगावाट बिजुली आयात गर्दै आएको छ । ८० मेगावाट थपिएपछि भारतबाट आयात हुने बिजुली ३ सय १५ मेगावाट पुग्नेछ ।

३ फागुन २०७२

वि.सं.२०७२ फागुन ३ सोमवार १९:०० मा प्रकाशित

You can share this post!

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...