back
NMB ad

२०० रुपैंयाले एक सातामा उठायो १८ लाख !

Kumari bank ad

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जथाभावी बाटो काट्ने पैदलयात्रुबाट एक सातामा १८ लाखभन्दा रुपैयाँ जरिवाना असुल गरेको छ । उपत्यकाका तीन जिल्लाबाट कारबाहीमा परेका १६ हजार नौ सय ८६ मध्ये नौ हजार दुई सय ४१ जनाबाट १८ लाख ४८ हजार दुई सय राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । र, बाँकी सात हजार सात सय ४५ जनाले जरिवाना नतिरेकाले प्रहरी नियन्त्रणमा राखी सडक सुरक्षासम्बन्धी कक्षा लिएपछि छाडिने गरेको महाशाखाका डिआइजी मिङमार लामाले बताए ।

Zebra-Crossing

नियम उल्लंघन ह्वात्तै घट्यो

महाशाखाका अनुसार नयाँ नियम लागू भएको सातौँ दिनमा जथाभावी बाटो काट्ने क्रम आधा घटेको छ । नियम लागू भएको सात दिनको अवधिमा १६ हजार नौ सय ८६ जना कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पहिलो दिन ३३ सय ४८, दोस्रो दिन ३५ सय ९२, तेस्रो दिन २९ सय ५४, चौथो दिन २२ सय २३, पाँचौँ दिन एक हजार १४, छैटौँ दिन २३ सय ३० र सातौँ दिन १५ सय २५ जना नियम उल्लंघन गर्ने पैदलयात्रु कारबाहीमा परेको महाशाखाले जनाएको छ । पैदलयात्रुको लापरबाहीले हुने सडक दुर्घटना न्यूनीकरणका लागि पैदलयात्रु सुरक्षा अभियानको नियम लागू गरेको डिआइजी मिङमार लामाले बताए ।

काठमाडौंमा बढी उल्लंघन

ट्राफिक प्रहरी महाशाखाले सबैभन्दा बढी काठमाडौंमा पैदलयात्रु कारबाहीमा परेको जनाएको छ । यस अवधिमा काठमाडौंमा १३ हजार चार सय ५३, ललितपुरमा २३ सय ३३ र भक्तपुरमा १२ सयजना कारबाहीमा परेका छन् । नियम कार्यान्वयनमा कडाइ गरेपछि आमनागरिकमा सचेतना बढ्दै गएको ट्राफिक प्रहरीको भनाइ छ ।

पैदलयात्रुमा धेरै लापरबाही

उपत्यकामा पैदलयात्रुको लापरबाहीका कारण सडक दुर्घटना बढी हुने गरेकाले यस्तो नियम लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ । पैदलयात्रुको लापरबाहीका कारण उपत्यकामा ४२ प्रतिशत सडक दुर्घटनामा मृत्यु हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ । नियम उल्लंघन गर्ने पैदलयात्रु कसैलाई नछाड्ने निर्देशन दिएको डिआइजी लामाले बताए । उनका अनुसार उपत्यकामा जेब्राक्रसिङ र आकाशेपुल भएको ठाउँमा नियम मिच्ने पैदलयात्रुलाई कारबाही गरिएको छ ।

आकाशेपुल र जेब्राक्रसिङ नभएको ठाउँमा पैदलयात्रुलाई सम्झाएर विनाकारबाही छाड्ने गरेको उनले बताए । उपत्यकामा २१ ठाउँमा मात्रै जेब्राक्रसिङ र २२ वटा आकाशेपुल रहेको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकालाई हर्न निषेधित क्षेत्र बनाउन सफल भएपछि पैदलयात्रु सुरक्षा अभियान सुरु गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मितिः २०७४ जेठ २३

वि.सं.२०७४ जेठ २३ मंगलवार १२:०३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...