back
NMB ad

प्रहरी र प्रदर्शनकारीबीचको झडपपछि सेना परिचालन,दार्जलिङमा नेपालीभाषी माथिको दमनले स्थिति तनावपूर्ण !

Kumari bank ad

नेपाली भाषामाथि पश्चिम बंगाल सरकारको अतिक्रमणविरुद्ध विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीचको झडपपछि बिहीबार अपराह्नदेखि स्थिति तनावपूर्ण छ। पश्चिम बंगाल राज्य सरकारले स्थिति थप तनावपूर्ण हुन नदिन दार्जिलिङमा सेना तैनाथ गरेको छ ।

नेपाली भाषीमाथि दमन गर्ने राज्य सरकारको नीतिको विरोधमा गोर्खा जनमुक्ति मोर्चाले आह्वान गरेको बन्दका कारण दार्जिलिङ ठप्प बनेको छ। सवारी साधन, शिक्षण संस्था तथा कलकारखना चलेका छैनन्। राज्य सरकारले बन्द विफल पार्न कठोर कदम चालेको छ।

कर्मचारीहरुलाई जसरी पनि कार्यालय पुग्न उर्दी जारी गरिएको छ भने नपुग्नेहरुको तलब काट्ने चेतावनी दिइएको छ। बन्दमा नचल्ने सवारी साधनको परमिट रद्द गर्ने चेतावनी पनि राज्य सरकारले दिएको छ। यसका बाबजुद पनि कालेबुङ, खरसाङ, मिरिक लगायतका बजारहरु पूर्णरुपमा ठप्प छन्।

तनावग्रस्त दार्जिलिङको अवस्थालाई मध्यनजर गरी एक टुकडी सेना तैनाथ गरिएको दार्जिलिङ पुलिसले जनाएको छ । गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच बिहीबार दिनभर झडप भएको थियो । प्रदर्शनकारी र सुरक्षाकर्मीहरु घाइते हुनुका साथै प्रदर्शनकारीले चार वटा प्रहरी भ्यान र सार्वजनिक यातायातको साधनमा तोडफोड तथा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

करिव ४५ वर्षपछि पहिलोपटक दार्जिलिङमा राज्य क्याविनेटको बैठक आयोजना गरिएको थियो । राजभवनमा बैठक चलिरहँदा प्रदर्शनकारीले मुख्यमन्त्री विरुद्ध चर्का नाराबाजी गरेका थिए ।
गोर्खाल्याण्ड टेरोटेरियल एड्मिनिष्ट्रेसन (जीटीए) प्रशासनको इजाजतै नलिइ बैठक आयोजना गरिएको भन्दै मोर्चा अध्यक्ष तथा जिटिएका प्रमुख कार्यकारी बिमल गुरुङले भर्त्सना गरेका थिए । खासगरी बंगला भाषालाई राज्यका सबै स्कुलहरुमा अनिवार्य गरिने राज्य सरकारको निर्णयका कारण पनि दार्जिलिङका सर्वसाधारण आक्रोसित बनेका हुन् ।

बिहीबार सुरक्षाकर्मीबाट भएको ज्यादती विरुद्ध मोर्चाले आव्हान गरेको १२ घण्टे चक्का जामका कारण दार्जिलिङसहित, मिरिक, कालिम्पोङ, खरसाङलगायतका नेपालीभाषी बाहुल्य सहरहरु प्रायः सुनसान बनेका छन् । यातायातका साधन, उद्योगधन्दा, स्कुल, कलेज, व्यापार व्यवसाय सबै ठप्प पारिएको मोर्चाका सहसचिव ज्योतिकुमार राईले बताए । यसैबीच राज्य सरकारले जीटीएको प्रमुख सचिव रविइन्दर सिंहको स्थानमा वरूण रोयलाई नियुक्त गरेको छ ।

प्रकाशित मितिः २०७४ जेठ २६

वि.सं.२०७४ जेठ २६ शुक्रवार १३:१२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...