back
NMB ad

आइसीसी च्याम्पियन्स ट्रफीः श्रीलंकाले भारतलाई हरायो !

Kumari bank ad

आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बिहिबारको खेलमा श्रीलंकाले साबिकको बिजेता भारतमाथि शानदार जित हात पारेको छ । प्रतियोगिता इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै भारतमाथि ७ विकेटको जित रचेको हो ।

३ सय २२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ बल बाँकी छँदै लक्ष्य पुरा गरेको थियो। दोश्रो विकेटका लागि दनुस्का गुनथिलका र कुसल मेन्डिसले १ सय ५९ रनको साझेदारी गरेपछि श्रीलंका जिततर्फ अग्रसर भएको थियो। रनआउट हुनुअघि दुवै ब्याट्सम्यानले अर्धशतक पुरा गरेका थिए।
गुनथिलकाले ७२ बलमा ७६ रन जोडे भने मेन्डिसले ९३ बलमा ८९ रन बनाएका थिए। कुशल परेरा ४४ बलमा ४७ रन जोड्दै रिटायर्ड हर्ट भएका थिए भने कप्तान एन्जेलो म्याथ्युज ५२ रनमा अविजित रहे। असेला गुणरत्नेले २ चौका र २ छक्काको मद्दतले २१ बलमा अविजित ३४ रनको महत्वपूर्ण पारी खेले। भारतका लागि भुवनेश्वर कुमारले १ विकेट लिएका थिए।

पहिलो ब्याटिङ गरेको भारतले ओपनर शिखर धवनको शतकको मद्दतले ३ सय २१ रनको विशाल योगफल तयार पारेको थियो। धवनले ७८ रन बनाएका रोहित शर्मासँग मिलेर १३८ रनको साझेदारी गरेका थिए। विराट कोहली शून्यमा पेभेलियन फर्कँदा युवराज सिंहले ७ रनमात्र जोड्न सके। महेन्द्र सिंह धोनीले ५२ बलमा ६३ रनको आक्रमक पारी खेलेका थिए।

मालिङ्गाको बलमा क्याच आउट हुनुअघि धवनले १ सय २८ बलमा १ सय २५ रन जोडे। उनले १५ चौका र १ छक्का प्रहार गरेका थिए। प्रतियोगितामा भारतको पहिलो हार हो भने श्रीलंकाले पहिलो जित हो ।

प्रकाशित मितिः २०७४ जेठ २६

वि.सं.२०७४ जेठ २६ शुक्रवार १३:१७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...