back
NMB ad

नेत्रहीनलाई स्वरोजगारमूलक व्यवसायका लागि विउ पूँजी वितरण

Kumari bank ad

काठमाडौं । नेपाल नेत्रहीन संघले आफ्नो रजत महोत्सवको अवसर पारेर शुरु गरेको दृष्टिविहीन स्वरोजगार कोशेढुंगा कार्यक्रम अन्तर्गत एक्काईस जना दृष्टिविहीन तथा अल्पदृष्टियुक्त व्यक्तिहरुले व्यवसाय संचालनका लागि विउ पूँजी रकम प्राप्त गरेका छन् ।
मिति २०७४ जेठ २९ गते नेपाल नेत्रहीन संघको केन्द्रीय कार्यालय, सुकेधारा, काठमाण्डौमा आयोजित कार्यक्रममा नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अपाङ्ग अधिकार प्रवर्धन शाखाका अधिकृत श्री निमराज भट्टराईले छनौटमा परेका दृष्टिविहीनहरुलाई उक्त रकम प्रदान गरेका छन् ।
संघले नेपाल सरकारको सहयोगमा यस बर्षबाट स्वरोजगारमूलक व्यवसाय गर्न चाहने दृष्टिविहीनहरुलाई टेवा स्वरुप परियोजनाको आधारमा बढिमा दश हजारसम्मको विउ पूँजी उपलब्ध गराउने कार्यक्रम शुरु गरेको हो ।
यस वर्ष नाङ्गलो पसल, प्लाष्टिकजन्य हस्तकला, कपडा पसल, कुखुरा पालन, संगीत तालिम केन्द्र, वाद्यवादन, पानीपुरी चटपटे, अगरबत्ति, बाँसको मुढा तथा ¥याक आदि विभिन्न व्यवसाय संचालनका लागि परियोजनाका आधारमा २१ जनालाई उक्त रकम प्रदान गरिएको र आगामी वर्षहरुमा पनि सो कार्यक्रमले निरन्तरता पाउने संघले जनाएको छ ।
३० जेठ २०७४

वि.सं.२०७४ जेठ ३० मंगलवार ०७:३६ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...