back
NMB ad

लन्डनको २७ तले भवनमा आगलागी, ६ जनाको मृत्यु

Kumari bank ad

लन्डन, । पश्चिम लन्डनमा अवस्थित अवस्थित एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा धेरै घाइते भएका छन् । सन् २०१६ मा निमार्ण सम्पन्न भएको सो भवनमा बुधबार बिहानीपख आगो लागेको हो ।
२७ तल्ले गिन्फेल टावरमा आगो के कसरी लागेको हो भन्ने बारेमा खोजी भइरहेको प्रहरीले जनाएको छ । त्यस विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । बुधबार बिहानीपख सो भवनमा आगो लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । भवनको करिब २५ औँ तला तिरबाट आगो निस्किएको देखिएको प्रहरीले जनाएको छ ।

सो भवनभित्र करिब २०० जनाको बसोबास रही आएको पाइएको छ । प्रहरीले त्यहाँ करिब २०० जना बस्ने गरेको र कैयौँ व्यक्ति थुनिएर रहेको भन्दै १०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको छ र आगलागिले गर्दा उक्त टावर भत्किने खतरा बढ्दै गएको जनाइएको छ ।
बेलायतमा पछिल्ला केही समययता आतङ्ककारी हमलाको त्रास बढ्दो मात्रामा रहेकाले यस आगलागीलाई पनि आतङ्ककारी हमला त होइन भनी व्यापक मात्रामा खोजी गरिएको थियो । यसले नागरिकमा थप त्रास छाएको थियो ।
तर प्रहरीले यस आगलागीमा त्यस्तो कुनै पनि आतङ्ककारी हमलाको प्रयास नभई त्यहाँ प्राविधिक रुपमा मात्र आगो लागेको जनाएको छ ।
हेर्नुहोस्  भिडियो गिन्फेल टावरमा आगो

 

प्रकाशित मितिः २०७४ जेठ ३१

वि.सं.२०७४ जेठ ३१ बुधवार १७:१७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...