back
NMB ad

१० तलामाथिबाट खसालेको बच्चा तल रहेका व्यक्तिले सकुशल समाते !

Kumari bank ad

भीषण आगलागी भएको लण्डनको ग्रेनफेल टावरको करिब दश तल्ला माथिबाट खसालिएको एक बच्चालाई एक व्यक्तिले सकुशल समात्न सफल भएका छन् । लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले ग्रेनफेल टावरमा आगलागी भएको हो । आगलागी भएका बेला टावरको नवौं वा दशौं तलामा रहेकी एक महिलाले आफ्नो बच्चालाई तल खसालेको र तल रहेका एक व्यक्तिले बच्चालाई समात्न सफल भएको प्रत्यक्षदर्शी समिरा लामरानीले बिबिसीलाई बताए ।

उनका अनुसार आगलागी भएको टावरमा रहेकी महिलाले तल रहेका मानिसको भिडलाई आफूले बच्चा खसाल्न थालेको संकेत गरेकी थिइन् । त्यसपछि उनले आफ्नो बच्चा खसालेको र भिडमा रहेका एक व्यक्ति दौडेर गइ बच्चालाई समात्न सफल भएको उनले बताए ।

लामरानीले भने ‘ती महिला नवौं वा दशौं तलामा थिइन् । झ्याल आधा खुलेको थियो । महिलाले आफ्नो बच्चा खसाल्न खोजेको संकेत गरिन् । मानिसको भिडमा रहेका एक व्यक्ति अघि बढे । अनि ति महिलाले बच्चालाई तल खसालिन् । तल रहेका व्यक्तिले बच्चालाई सकुशल समात्न सफल भए ।’

आगलागीमा परि अहिलेसम्म १२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने लण्डनका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

प्रकाशित मितिः २०७४ असार १

वि.सं.२०७४ असार १ बिहीवार १२:३२ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...