back
NMB ad

सचिन तेन्दुलकरको कीर्तिमानी भंग गर्दै कोहलीको नयाँ कीर्तिमानी !

Kumari bank ad

काठमाडौ । भारतीय टिमका कप्तान विराट कोहलीले एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो ८ हजार रन बनाउने कीर्तिमान बनाएका छन् । उनले एबी डी भिलियर्स, सौरभ गांगुली, सचिन तेन्दुलकर तथा ब्रायन लारालाई पछि पार्दै कीर्तिमान आफ्ना नाममा लेखाएका हुन् ।

च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा बिहीबार राति बंगलादेशसँगको खेलमा नटआउट ९६ रन बनाएका विराटले इनिङका हिसाबमा यस्तो कीर्तिमान बनाएका हुन् । एक दिवसीय क्रिकेटमा बंगलादेशसँगको खेलमा विराटको एक सय ७५ औं इनिङ थियो ।

बंगलादेशसँगको खेलमा ७८ बलमा १३ चौकाको मद्दतमा ९६ रन बनाएका विराटले समग्रमा ८ हजार रन पूरा गर्दै कीर्तिमान बनाएका हुन् । दोस्रो स्थानमा रहेका डी भिल्लियर्सले ८ हजार रन पूरा गर्न एक सय ८२ इनिङ खेल्नु परेको थियो । यस्तै गांगुलीले दुई सय, तेन्दुल्करले दुई सय १० र लाराले दुई सय ११ इनिङमा ८ हजार रन पूरा गरेका थिए ।

विराटले बंगलादेशसँगको खेलमा ८८ रन बनाउँदा नै समग्रमा ८ हजार रनको आंकडा पूरा गरेका थिए । विराटले अहिलेसम्म एक दिवसीय क्रिकेटमा ८ हजार ८ रन बनाएका छन् । यसक्रममा उनले सात सय ४७ चौका र ८५ छक्का हानेका छन् । यस्तै उनले अहिलेसम्म एक दिवसीय क्रिकेटमा २७ पटक शतक तथा ४२ पटक अर्धशतक बनाएका छन् ।

प्रकाशित मितिः २०७४ असार २

वि.सं.२०७४ असार २ शुक्रवार १६:४४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...