back
NMB ad

अविरल वर्षका कारण २५ जनाको मृत्यु

Kumari bank ad

आविजान । विशाल वर्षाका कारण शुक्रबार पश्चिम अफ्रिकी मुलुक नाइजरमा १४ जना र आइभरी कोष्टमा ११ जनाको मृत्यु भएको छ ।

लामो खडेरी पश्चात केही दिन यता भएको वर्षाका कारण दुवै मुलुकका विभिन्न स्थानमा बाढी तथा पहिरो गएको र हजारौ विस्तापित भएको संयुक्त राष्ट्रसङ्घले दुवै मुलुकका स्थानीय अधिकारीलाई उद्धृत गरी जनाएको छ ।

अविरल वर्षाका कारण नाइजरमा मात्र करिब ३५० घरहरू भत्किएका र १४ जनाको मृत्य भएको
छ । संयुक्त राष्ट्रसङ्घको मानवीय सहयोग मामिला हेर्ने कार्यालय (ओसिएचए)ले जनाएको छ ।

बाढीमा परी र अन्य चार जना वेपत्ता भएका छन् भने करिब तीन हजार मानिस विस्तापित भएका ओसिएचएले जनाएको छ ।  नाइजरमा गत हप्ता पनि वर्षाका कारण ९ जना बालबालिकाको मृत्यु भएको थियो ।

त्यसैगरी आइभरीकोष्टको आर्थिक राजधानी आविजानमा करिब ३/ ४ दिनको अन्तरालमा ११ जनाको मृत्यु भएको छ । वर्षाका कारण यहाँ सयौं मानिस प्रभावित बनेका छन् ।

सेनाको विपद् व्यवस्थापन इकाईका भाइटल ओलाईले भने , “आविजानमा करिब ३/ ४ दिनको अन्तरालमा वर्षाका कारण ११ जनाको मृत्यु भएको छ भने बाढीबाट सयौं मानिस प्रभावित बनेका छन् ।”

पश्चिम अफ्रिकामा सामन्यतया जुनदेखि सेप्टेम्बरसम्मको समयलाई वर्षा ऋतुका रूपमा लिइन्छ । सन् २०१६ को सो समयमा वर्षाका कारण आविजानमा जम्मा १६ जनाको मृत्यु भएको थियो भने सन् २०१५ मा ३९ व्यक्तिको मृत्यु भएको थियो ।

प्रकाशित मितिः २०७४ असार ३

वि.सं.२०७४ असार ३ शनिवार १३:२२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...