back
NMB ad

मधेसी मुक्ति मोर्चाका केन्द्रिय सदस्य एमाले प्रवेश

Kumari bank ad

भैरहवा । मधेसी मुक्ति मोर्चाका केन्द्रिय सदस्य अनिल सिंह एमालेमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी क्रान्तिकारीका जिल्ला सदस्य समेत रहेका उनी सो पाटि परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।
शनिबार सिद्धार्थनगर वडा नं ८ द्वारा भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले सिद्धार्थनगर नगरपालिका मेयर पदका उम्मेदवार हरिप्रसाद अधिकारी, उपमेयरकी उम्मेदवार उमा काफ्ले, भरतकुमार पोखरेल, डा.रामप्रसाद बश्याल लागायतले पार्टीमा स्वागत गरेका थिए ।
सो अवसरमा बोल्दै सिंहले एमालेको स्पष्ट नीति, राष्ट्रप्रेम र जनहीतप्रतिको जवाफदेहिताले आफूलाई प्रभावित पारेकाले आफ्नो रोजाईमा परेको बताए । उनले आगामी निर्वाचनमा सिद्धार्थनगरमा एमालेलाई जिताउन दिनरात नभनी खटिने बताए ।
अन्तक्र्रियामा बोल्दै मेयरका प्रत्यासी अधिकारीले आफूले जिते इतिहासमा स्वर्णिम अक्षरले लेखिने गरी विकास निर्माणका काम गर्ने बताए । उनले वडा विकासको सुरुवात विद्रोहीचोक पश्चिमको बाटो, नाला निर्माण गरेर सुरु गर्ने बताए । अहिलेको समय युवा पिढीँहरुको समय भएको बताउँदै अधिकारीले युवा रोजगार, खेलकुद तथा एकेडेमी निर्माण लगायत नगरका सम्पूर्ण वडाको बिकासका लागी युवा लक्षित कार्यक्रमहरु संचालन गर्ने बताए ।

news bhw (1)

आफू बिजयी भएमा गर्ने कामको ६५ बुँदे प्रष्ट योजना लिएर चुनावमा होमिएको जनाउँदै उनले विगतमा नगरको विकास किन हुन सकेन भनेर चिन्तित हुनभन्दा अब एमालेलाई जिताएर विकासको कायायपलट गर्ने अवसर प्रदान गर्न आग्रह गरे ।
उपमेयरकी उम्मेदवार काफ्लेले वडा नम्बर ८ मुख्य बजार र मुटु भएता पनि विकास निर्माण र जनताका समस्या ओझेलमा परेको भन्दै बिजयी भएमा वडा एवं नगरलाई मतदाताहरुको इच्छा अनुसार विकास निर्माण गरी नमुना बनाउने बताइन् । उनले नगरलाई सफा, सुग्गर, स्वच्छ एवं व्यवस्थित गरी नगरवासीहरुको स्वास्थ्यलाई विशेष ध्यान दिँदै, महिलाका मुद्दाहरुलाई अगाडी बढाई विशेष कार्यक्रमहरु ल्याउने बताइन् ।
कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार राजेन्द्रप्रसाद पन्थीले आफूले जिते बैंक कोलोनी क्षेत्रबाट विकास निर्माणका कामको सुरुवात गर्ने बताए । उनले वडामा सडक, ढल निकास, विद्युत्, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका थुप्रै समस्या रहेको बताउँदै यावत समस्याको समाधान गर्न एमालेको जित अपरिहार्य भएको बताए ।
वडालाई कसरी नगरकै सबैभन्दा राम्रो र नमूना बनाउन सकिन्छ भनेर विकासका योजनासहित ४१ बुँदे प्रतिबद्धता वडाबासी समक्ष लिएर आएको बताउँदै पन्थीले उज्यालो वडा, सुविधा सम्पन्न स्वास्थ्य चौकी स्थपना गर्ने, अव्यवस्थित सडकको मापदण्ड तय गर्ने, जेष्ठ नागरिकहरुलाई सम्मान तथा सामाजिक सुरक्षा भत्ता घर घरमा पु¥याउने, धार्मिक स्थलहरुको सम्बद्र्धन र संरक्षण, ढलको समुचित व्यवस्था गर्ने आफूले योजना बनाएको बताए ।
अगामी १४ गते हुने स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा एमाले उम्मेदवारहरु छलफल तथा मतदाता भेटघाटमा लागेका छन् । मेयर, उपमेयरसहित वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारहरु मतदाता भेटघाट र छलफलमा व्यस्त छन् ।

३ असार २०७४

वि.सं.२०७४ असार ३ शनिवार १९:१९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...