back
NMB ad

गाउँमै उद्यमी बन्ने हो ? पढ्नुहोस्

Kumari bank ad

काठमाडौ। वैदेशिक रोजगारीबाट फर्किएकाहरु फेरि विदेसिनु भन्दा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले आजदेखि ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) सुरु गरिएको छ ।

नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको लगानीमा सुरु भएको सात वर्षीय उक्त आयोजनाले १६ जिल्लाका एक लाख ७९ हजार ६६० जनालाई सेवा प्रदान गर्नेछ ।

आयोजनाबाट ६० हजार उद्यम र ३० हजार बेरोजगार युवालाई रोजगारी प्रदान गरिने छ भने स्वदेश तथा विदेशमा बचत तथा लगानी क्षमता अभिवृद्धिसम्बन्धी दुई लाख ४४ हजार ८०० जनालाई वित्तीय शिक्षा प्रदान गरिनेछ ।

उक्त आयोजना भोजपुर, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, मोरङ, सुनसरी, सप्तरी, सिरहा, ओखलढुङगा, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा सञ्चालन हुनेछ ।

आयोजना प्रारम्भ गर्न आयोजित एक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रकान्त पौडेल र उद्योग मन्त्रालयका सचिव शङ्कर कोइरालाले गरिब तथा विपन्न परिवार र तिनका सदस्य, आप्रवासी कामदार एवम् वैदेशिक रोजगारीबाट स्वदेश फर्किएकालाई ग्रामीण क्षेत्रमा लघु, साना तथा मझौला उद्यम सञ्चालन गरी दिगो आम्दानीको स्रोत सुनिश्चित गर्नु आयोजनाको मुख्य उद्देश्य रहेको बताए ।

कार्यक्रममा दिइएको जानकारीअनुसार राष्ट्रिय विकास योजना, ओद्योगिक नीति तथा दीर्घकालीन कृषि विकास रणनीतिलाई दृष्टिगत गरी आयोजनाले ग्रामीण घरपरिवार, बेरोजगार युवालाई कृषि तथा गैरकृषि क्षेत्रका लघु उद्यम र साना उद्यमको प्रवद्र्धन गरी स्वरोजगारी र आयआर्जनमा वृद्धि गराउनेछ ।

आयोजनाले लोक्ता, अल्लो, अलैँची, बेसार, अदुवा, बाख्रापालन, आँप, उखु, लिची, सुन्तला र जुनार, किवी, आलु तथा केरा खेतीलगायत कृषि उपज उत्पादनमा विशेष जोड दिनेछ ।

प्रकाशित मितिः २०७४ असार ४

वि.सं.२०७४ असार ४ आइतवार १३:०९ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...