back
NMB ad

सर्वसाधारणका लागि हाईड्रोमा लाखौंको लगानी खुला !

Kumari bank ad

निर्माण सुरु हुनलागेको सुपर न्यादी जलविद्युत् आयोजनामा सर्वसाधारणका लागि लगानी खुला गरिएको छ । आयोजनाले लमजुङको सदरमुकाम बेँसीसहरमा बिहीबार भेला आयोजना गरी लगानी खुला गरिएको जानकारी गराएको हो ।

भुलभुले र बाहुनडाँडामा रहेको ङादी खोलामा निर्माण गर्न लागिएको ४०.२७ मेगावाटको सो आयोजनाले प्रभावित क्षेत्र, जिल्लावासी र जिल्ला बाहिरकालाई समेत लगानी खुल्ला गरेको हो ।आयोजना कम्पनीका अनुसार प्रभावित क्षेत्रका स्थानीयवासीले एक लाखभन्दा माथि, जिल्लाभित्रकाले तीनलाखभन्दा माथि र जिल्ला बाहिरकाले पाँच लाखभन्दा माथि लगानी गर्न पाउने आयोजना प्रवद्र्धक कम्पनीका प्रबन्ध सञ्चालक शैलेन्द्र गुरागार्इंले जानकारी दिए ।

आयोजनामा लगानी गर्नेले ५० प्रतिशतका दरले दुई किस्तामा रकम बुझाउन सक्ने उनले बताए । पहिलो किस्ता आगामी भदौ महिनामा र दोस्रो किस्ता २०७५ सालको भदौ मसान्तभित्र बुझाउन सक्ने व्यवस्था मिलाइएको छ । केही महिनाभित्रै वित्तीय व्यवस्थापन गरेर निर्माण सुरु गर्ने लक्ष्य रहेको सो आयोजनामा २०७९ सम्ममा निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने सञ्चालक गुरागार्इंले बताए ।

आयोजना सम्पन्नपश्चात् प्राधिकरणले तोकेको रेटअनुसार वर्षात्को छ महिना अवधिमा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र बाँकी छ महिना आठ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिद गर्नेछ ।

आयोजना निर्माणका क्रममा ङादी खोलाको ६.८ घनमिटर प्रतिसेकेन्ड पानीलाई ३० मिटर लामो र तीन मिटर उचाइको बाँध बाँधी तीनवटा ओरिफिम भएको तीन मिटर चौडाइ १.५ मिटर गहिराइ भएको इन्टेक हुँदै ७२ किलोमिटर लामो तथा १८ मिटर चौडाइको बालवा थिग्र्याउने पोखरीमा ल्याइने छ ।

उक्त पानीलाई सुरुङमार्फत बाहुनडाँडाको काफलडाँडामा निर्माण गरिने सर्ज ट्याङ्क हुँदै पेनस्टक पाइपमार्फत तालकुना भन्ने ठाउँमा पावर हाउस निर्माण तथा ६९७.७ मिटर हेड प्राप्त गरी ४०.२७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । आयोजनाको कुल ७०० करोड लागत अनुमान गरिएको छ । रासस

प्रकाशित मितिः २०७४ असार ९

वि.सं.२०७४ असार ९ शुक्रवार १३:०५ मा प्रकाशित

You can share this post!

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३८

नवलपुर (नवलपरासी), २५ वैशाख : विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३३

काठमाडौँ, २५ वैशाखः सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया...

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:१२

काठमाडौं । नेप्सेले सिटिजन्स लाइफ इन्स्योरेन्सको दोस्रो बजारको शेयर कारोबार...

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...