back
NMB ad

धादिङमा महिला सदस्यलाई पद त्याग्न वडा अध्यक्षको धम्की, संस्थालाई स्पस्टिकरण !

Kumari bank ad

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपाकिामा अनुमति नलिइ गाउँपालिका स्तरीय शाखा गठन गरेको भन्दै महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाललाई स्पष्टीकरण सोधेको छ ।
त्यस्तै अनुमति नलिई संजालको कार्यक्रममा गएको भन्दै वडा अध्यक्षले महिला वडा सदस्यलाई पद त्याग्न दबाब दिएको पाइएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ७ का वडा अध्यक्ष देवराज धरेल वडाका वडा सदस्य राममायाँ पन्तलाई महिला वडा सदस्य पद त्याग गर्न धम्की दिएकोले आफू असुरक्षित भएको बताइन् ।

नेपालको संविधान २०७२ मा मौलिक हक अन्तरगत संघसंगठन खोल्न पाउने हक र स्वतन्त्रताको हक अनुसार संस्था खोल्ने र त्यसमा आवद्ध हुन पाइन्छ । संविधानको यो व्यवस्थाको खिल्ली उडाउँदै स्थानीय सरकारको नाममा त्रिपुरासुन्दरी गाउँपालिकाले महिला मानवअधिकार रक्षक संजाललाई अनुमति नलिइ संस्थाको शाखा पुनरगठन गरेको आरोपमा स्पष्टीकरण सोधिएको हो ।

गाउँपालिकाको सल्यानटारमा गत जेठ २० गते गाउँपालिका स्तरीय संजाल गठन गर्न कार्यक्रम आयोजना गरिएकोले गाउँपालिकाको स्वीकृति नलिइ कार्यक्रम गरिएको भन्दै कार्यकारी अधिकृत शैलेन्द्र ढकालले लिखित स्पष्टीकरण सोधेका छन् । गाउँसभाको पहिलो बैठकले महिला मानवअधिकार संजाललाई किन कारबाही नगर्ने ? भन्दै ७ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र लेखिएको छ । जेठ ३० गते लेखिएको पत्र हुलाकबाट पठाइएको र असार १३ गते प्राप्त भएको महिला मानवअधिकार रक्षक संजालका जिल्ला अध्यक्ष गायत्री खतिवडाले बताइन् ।

गाउँपालिकाको कार्याक्रम आयोजना गर्दा सो गाउँपालिका उपाध्यक्ष देबी पाण्डे कार्यक्रममा उपस्थित भएर शुभकामना दिएकी थिइन् । स्वीकृति नलिएको विषयलाई लिएर आफ्नो पार्टीका कार्यकर्ता संजालमा नपरेपछि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्नो पार्टीले भने अनुसार संस्था गठन नगरेकोले स्पष्टीकरण सोधिएकोले राजनीतिक प्रेरित रहेको खतिवडाको भनाइ छ ।

गाउँपालिकामा परियोजना संचालन गर्दा अनुमति लिनु पर्ने भएपनि संगठन खोल्न कसैको अनुमति लिनु नपर्ने र संगठन खोल्न अनुमति माग गर्नेहरु नै कारबाहीको भागिदार हुनु पर्ने महिला अधिकारकर्मीहरुको भनाइ छ ।

प्रकाशित मितिः २०७४ असार १५

वि.सं.२०७४ असार १५ बिहीवार ०९:०१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...