back
NMB ad

पर्यटन: बोर्डर टाउन सेल्स मिसन

Kumari bank ad

पोखरा । भारतीय पर्यटकलाई नेपाल भ्रमणको निम्ता दिन बिहारको राजधानी पटना पुगेको नेपाली पर्यटन व्यवसायीको टोलीले त्यहाँका पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसँग अन्तक्र्रिया गरेका छन् ।

यहाँस्थित पश्चिमाञ्चल होटल सङ्घको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा गत असार १६ गतेबाट ‘चलिए पोखरा’ अभियान सुरु गरिएको थियो । औपचारिक रुपमा ६ वर्ष अघि सुरु भएको यो अभियान यसपटक असार २० गते सम्पन्न हुँदै छ ।

‘बोर्डर टाउन सेल्स मिसन’ नाम दिइएको सो अभियानमा पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, बोर्डका अधिकारी र सञ्चारकर्मी गरी ३० जना सहभागी छन् । आज उत्तर प्रदेशको लखनउमा भ्रमण टोलीले अन्तक्रिया गर्ने सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

गोरखपुरमा अन्तिम कार्यक्रम आयोजना गरिने छ । विनाशकारी भूकम्प, नाकाबन्दी, नोटबन्दी तथा तराई आन्दोलनबाट नराम्रो गरी प्रभावित भएको पर्यटन क्षेत्रलाई उकास्न यो अभियानले सघाउने विश्वास गरिएको छ ।

पोखरा र यस वरपरका पर्यटकीय गन्तव्यलाई भारतीय सहरमा प्रचार गर्नु र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिनु अभियानको उद्देश्य रहेको सङ्घका महासचिव गणेशराज पहारीले जानकारी दिए । पत्रकार सम्मेलन र द्विपक्षीय व्यापारिक भेटघाट कार्यक्रमका साथ प्रचारात्मक गतिविधि अगाडि बढाउने योजना अभियानले समेटेको छ ।   रासस

प्रकाशित मितिः २०७४ असार १८

वि.सं.२०७४ असार १८ आइतवार १६:०६ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...