back
NMB ad

जनस्वास्थ्य कार्यालयको भवन निर्माण

Kumari bank ad

म्याग्दी । म्याग्दीको बेनीमा करिब रु दुई करोडको लागतमा जनस्वास्थ्य कार्यालयको भवन निर्माण भएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्कामार्फत रु १ करोड ८७ लाखको लागतमा २० कोठे भवन निर्माण गरेको हो ।

२०७० असोजमा २०७२ असार मसान्तसम्म सक्ने लक्ष्यसहित भवन निर्माण सुरु भएको थियो ।

लक्ष्यभन्दा २ वर्ष ढिला निर्माण भएको ३ तले भवन गत हप्ता हस्तान्तरण भएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेले बताए । भूकम्प प्रतिरोधी क्षमताको सो भवनको भुइँ तला अपाङ्गमैत्री छ ।
भूकम्प, नाकाबन्दी र मजदुर अभावका कारण भवन निर्माणमा ढिलाइ भएको कम्पनीका प्रतिनिधिको भनाइ छ ।

यसैबीच सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले बेनी अस्पतालको ५० श्यया क्षमताको भवन निर्माण सुरु गरेको छ । रु १८ करोड १९ लाखमा ठेक्का सम्झौता गरेको रफिना–गल्वा–महादेव खिम्ती जेभीले भवन निर्माणका लागि प्रारम्भिक काम सुरु गरेको हो ।

सम्झौताअनुसार तीन वर्षमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । हाल अस्पतालले प्रयोग गरिरहेको भवन रहेको ठाउँमा नयाँ भवन निर्माण हुन लागेको हो । अस्पताल परिसरको खाली जग्गामा अस्थायी भवन र जनस्वास्थ्य कार्यालयको भवनबाट सेवा सञ्चालन गरिने अस्पताल विकास समितिका अध्यक्ष माधव रेग्मीले बताए ।

रु ६५ लाखमा ठेक्का पाएको शेर्पा कन्ट्रक्सनले दुई वटा अस्थायी भवन बनाउन सुरु गरेको छ । भदौ अन्तिमसम्म अस्थायी भवन निर्माण सम्पन्न गर्ने कम्पनीले जनाएको छ । अस्थायी भवन तयार पारेपछि पुरानो भवन भत्काएर नयाँ निर्माणको काम सुरु हुने जनाइएको छ । रासस
प्रकाशित मितिः २०७४ असार १८

वि.सं.२०७४ असार १९ सोमवार १२:२३ मा प्रकाशित

You can share this post!

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...