back
NMB ad

नेपाल–जापान उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बज्राचार्य विश्व शान्ति अभियानमा

Kumari bank ad

काठमाडौ। नेपालका उद्यमी व्यवसायीमाथि जसरी पनि मुनाफा कमाउने र राष्ट्र र समाजका लागि कुनै योगदान गर्न नचाहने आरोप लाग्दै आएकोमा एकजना व्यवसायीले भने उक्त आरोपलाई गलत सावित गरिदिएका छन् ।

नेपाल–जापान उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष विजय बज्राचार्यले विश्व शान्ति अभियान सुरु गरेका छन् । उक्त अभियानअन्तर्गत उनले भगवान् गौतम बुद्धको प्रतिमा प्रतिस्थापनसहित नेपालका विभिन्न स्थानमा शान्तिवन सञ्चालनमा ल्याएका छन् । २०५९ मा काठमाडौंको गोदावरीमा २४ फिट अग्लो बुद्धको प्रतिमा प्रतिस्थापन गरी यो अभियानको सुरुवात गरेका वज्राचार्यले २०६२ सालमा लुम्विनीमा र त्यसपछि धुलिखेलमा पनि शान्ति वन सञ्चालनमा ल्याएका छन् । उनले विश्वशान्तिका लागि नेपालका साथै विभिन्न मुलुकमा गरी १०८ वटा शान्ति वन स्थापना गर्ने लक्ष्य रहेको बताए ।

bijaye bajracharya shantiban 1

अत्याधुनिक सुविधासहितको शान्ति वनमा ध्यान शिविर, शान्ति र मानवीय आवश्यकता सेवा सुविधाहरू उपलब्ध रहेका छन् । मानवीय शान्ति प्राप्त भएमा मानिस एक सयवर्षभन्दा बढी बाँच्न सक्ने उनले बताएका छन् । शान्ति, भोजन र कर्मबाटमात्रै मानिसहरूमा सकारात्मक सोचको विकास हुनसक्ने उनको भनाइ छ । शान्ति वनमार्फत विश्वभरी नै नेपाली कला संस्कृतिका साथै पर्यटन प्रवद्र्धनसमेतमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

भगवान गौतम बुद्धको जन्मस्थान नेपालबाट विश्व शान्तिको सन्देश प्रभावकारी रुपमा फैलाउन र शान्तिका लागि अभियानको रुपमा शान्तिवन स्थापना गरिएको उनको भनाइ छ । त्यस्तै, मानिसको भोको पेटले शान्ति सोच्न नसक्ने भएकोले सामुहिक पहलबाट भोक हटाइ १ सय २० वर्षसम्म बाँच्न सक्ने बनाउनु शान्तिवनको लक्ष्य रहेको संस्थापक बज्रचार्यको भनाइ छ ।

मानिसले जम्मदेखि लिएको आएको आध्यात्मिक शक्तिलाई कसरी व्यवहारिक जिवनमा प्रयोग गर्ने भन्ने बारेमा पनि शान्तिवनले प्रशिक्षित गराउने उनले बताए । शान्तिवनले गत शनीबार गोदावरीस्थित शान्तिवनमा एक कार्यक्रम गरी भगवान बुद्धको प्रार्थना र दिप प्रज्वलन समेत गरिएको थियो । साथै संस्थापक बज्राचार्यद्धारा लिखित आध्यात्मिक सूत्र नामक पुस्तक विमोचन गरिएको थियो ।

shantiban

कार्यक्रममा वरिष्ट संगीतकार सुरेश अधिकारी, लक्ष्मण शेष,महेश खड्का लगायतका कलाकारले शान्तिबन र बुद्ध भजनसम्बन्धि नयाँ प्रस्तुति प्रस्तुत गरेका थिए ।
प्रकाशित मितिः २०७४ असार २०

वि.सं.२०७४ असार २० मंगलवार १०:४९ मा प्रकाशित

You can share this post!

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...