काठमाडौ । सेन्चुरी बैंकले ४० प्रतिशत हकप्रद बिक्री गर्न असार २७ गते बुक क्लोज गर्ने भएको छ । सोही आधारमा असार २६ गतेसम्म कायम सेयरधनीले मात्र सेन्चुरीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
सेन्चुरीले ४० प्रतिशत हकप्रद ल्याउन लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बैंकले १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता अर्थात् १ अर्ब ८८ करोड ५४ लाख रुपैंयाभन्दा बढिको हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
सेन्चुरीको यो हकप्रदमा सिभिल क्यापिटल मार्केट लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने कसरतमा रहेको सेन्चुरी ४० प्रतिशत हकप्रदको बाटो रोजेको हो ।
भर्खरै मात्रै सेन्चुरीले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोवार सुरु गरेको छ । यी दुई विकास बैंकलाई एक्वायर गरेपश्चात कायम हुने पुँजीबाट बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो ।
प्रकाशित मितिः २०७४ असार २०
वि.सं.२०७४ असार २० मंगलवार ११:५३ मा प्रकाशित