back
NMB ad

रोटरीक्लब अफ पाटन वेष्टको २२ औं पदस्थापन समारोह सम्पन्न

Kumari bank ad

ललितपुर । रोटरीक्लब अफ पाटन वेष्टको २२ औं पदस्थापन समारोह सम्पन्न भएको छ । १९९५ डिसेम्बर ११ मा चार्टर भएको उक्त क्लबको प्रिसिडेन्टमा पुनः चण्डेश्वर श्रेष्ठ रहेका छन् भने प्रिंसिडेन्ट इलेक्टमा सुरेन्द्र शाही ठकुरी रहेका छन् ।

रोटरीका डिष्ट्रिक्ट गभर्नर संजय गिरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त पदस्थापन समारोहमा बोल्दै गभर्नर गिरीले रोटरीको भावलाई आम जनतामाझसम्म पुर्याउन सम्पूर्ण रोटरीएनहरुले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । त्यस्तै परिवर्तित परिबेशमा रोटरीएनहरुको भूमिका बढेको भन्दै सबैसँग हातमा हात काँधमा काँध मिलाएर अघि बढ्ने उनले बताए ।

पदस्थापन समारोहमा पूर्व प्रधानन्यायधीस कल्याण श्रेष्ठलाई अनरी मेम्बरसीप प्रदान गरिएको थियो । सो कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले रोटरी क्लबहरुले निर्वाह गर्दै आएको भूमिकाको उच्च मूल्याँकन गर्दै रोटरीका गतिबिधिलाई आम जनतासामु पुर्याउन महानगरपालिकाको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा आफु सदैब सहयोगी रहने बताए ।
उनले महानगरसँग सहकार्यमा कार्य अगाडि बढाउनसक्ने प्रस्ताव ल्याउन पनि क्लबका पदाधिकारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा क्लबका तर्फबाट २०१६–१७ मा सामाजिक क्षेत्रमा गरेका काम कारबाहीका विषयमा प्रकाश पारिएको थियो । क्लबको २०१७–२०१८ का लागि कार्यकारी बोर्डमा आईपीपीमा असोक शाक्य, भाईस प्रिसिडेन्टमा नरेशबहादुर सिजापति,सचिवमा आभाष प्रधान, कोषाध्यक्षमा कृतिनाथ मास्के, क्लब प्रशासनिक निर्देशकमा डा. विनोदबहादुर खत्री रहेका छन् भने क्लब ट्रेनरको रुपमा प्रदिपमान बैद्य रहेका छन् ।

त्यस्तै अन्य कार्यकारी बोर्ड सदस्यहरुमा सुजना जोशी,तेजबज्र बज्राचार्य, केशबनन्द जोशी, सिद्धिबहादुर शाक्य, सीता श्रेष्ठ,डा.टिकामान बैद्य रहेका छन् । यता सल्लाहकारमा विजयलाल श्रेष्ठ, मधुसुदन बिष्ट,प्रल्हादकृष्ण मानन्धर र डा. विजयलाल गुर्बाचार्य रहेका छन् ।

प्रकाशित मितिः २०७४ असार २१

प्रकाशित मितिः २०७४ आर २१

वि.सं.२०७४ असार २१ बुधवार १४:०२ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...