back
NMB ad

यसरी श्रीलंकामाथि जिम्बावेको ऐतिहासिक जित

Kumari bank ad

काठमाडौ। अन्तिम एकदिवसीय क्रिकेटमा ३ विकेटको जित हात पार्दै जिम्बावेले श्रीलंका विरुद्धको एकदिवसीय सिरिज ३–२ ले जितेको छ । जिम्बावेका लागि यो जित ऐतिहासिक छ । उसले पहिलो पटक श्रीलंकाविरुद्धको सिरिज जितेको हो भने ८ वर्षपछि पहिलो अवे सिरिज जित हो ।

हम्बनटोटामा श्रीलंकाले प्रस्तुत गरेको २०४ रनको लक्ष्य जिम्बावेले ३८.१ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको थियो । उसको सुरुवात राम्रो थियो । हृयामिल्टन मासाकाड्जा र सोलोमन मियरले पहिलो विकेटका लागि ९० रनको साझेदारी गरे । मियर ४३ रनमा आउट भए । हामिल्टनले टारिसाई मुसाकान्डासँग ४५ रनको साझेदारी गरे । ७३ रन बनाएर उनी आउट भएपछि भने जिम्बावेको पारी लरबरायो ।

थप ३७ रन जोड्दा जिम्बावेले ७ विकेट गुमायो । तर, सिकन्दर राजा क्रिटमा टिकिरहे र ग्रिम क्रेमरसँग जितेर टिमलाई जिताए । श्रीलंकाका अकिला दानानजयाले ४ तथा लासिथ मालिंगाले २ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको थियो । उसको सुरुवात भने खराब थियो । मात्र ३ रन जोड्दा ओपनर निरोशन डिकवेल मात्र ३ रनमा आउट भए ।

श्रीलंकाले ३१ रन जोड्दा ३ जिकेट गुमाइसकेको थियो । तर, दानुष्का गुनाथिलकाले पारी सम्हाले । उनले चौथो विकेटका लागि एन्जेलो म्याथुसँग ४७ रनको साझेदारी गरे भने पाँचौ विकेटका लागि एलासा गुणाराष्टसँग ४१ रनको । उनले ५२ रन बनाए भने म्याथुको नाममा २४ रन रहृयो । श्रीलंकाले छैटौं र सातौं विकेट भने सस्तैमा गुमायो ।

तर, एलासा गुणाराष्टले सम्हालिएर खेले । आठौं विकेटका लागि अकिला धनन्जयसँग २७ रनको साझेदारी गरेका उनले नवौं विकेटका लागि दुश्मंथा चमेरासँग अविजित ५० रनको साझेदारी गर्दै टीमको स्कोर २०० कटाए । गुणाराष्ट ५९ र चमेरा १८ रनमा अविजित रहे । जिम्बावेका सिकन्दर राजाले ३ तथा ग्रिम क्रेमरले २ विकेट लिए ।

प्रकाशित मितिः २०७४ असार २६

वि.सं.२०७४ असार २६ सोमवार १८:२६ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...