back
NMB ad

सैनिक विमान दुर्घटना,१६को मृत्यु

Kumari bank ad

वासिङ्टन । अमेरिकाको मिसिसिपी राज्यमा सोमबार भएको एक सैनिक विमान दुर्घटनामा परी १६ व्यक्तिको ज्यान गएको छ । सैनिक प्रवक्ता क्याप्टेन सराह बर्न्सले मध्य मिसिसिपीको लेफोरे प्रान्तमा सेनाको सो सानो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराएका छन् ।

उनले यस जहाजबाट त्यहाँ रहेका १६ व्यक्तिको शव निकालिएको जनाएका छन् । उक्त विमान सैनिकको कार्गो बिमान रहेको बताइएको छ । उक्त दुर्घटनामा परी ज्यान जानेमा सो विमानमा सवार रहेका सैनिक परेका छन् । सो विमानको दुर्घटनाको बारेमा अनुसन्धान सुरु भएको बताइएको छ ।

लेफोरे प्रान्तीय सङ्कटकालीन निकायका निर्देशक फ्रान्स रान्डलेले समाचारदाताहरुलाई मिसिसिपी डेल्टाबाट १३५ किलोमिटर टाढा पर्ने इलाकामा यो दुर्घटना भएको जानकारी दिए । स्थानीय समयानुसार सोमबार अपराह्न करिब ४ बजे यो दुर्घटना भएको जनाइएको छ । दुर्घटना भएको केही समयपछि आएको समाचारमा भने यस विमानमा सवार रहेका नौ व्यक्तिमा पाँचको मृत्यु भएको भनिएको थियो ।

तर पछि दुर्घटनास्थलबाट १६ जनाको शव प्राप्त भएको अधिकारीले जनाएका छन् । दुर्घटनास्थलमा ठूलो सङ्ख्याका सैनिकले उद्वारको काम गरिरहेका छन् ।
फाईल फोटो

प्रकाशित मितिः २०७४ असार २७

वि.सं.२०७४ असार २७ मंगलवार १५:११ मा प्रकाशित

You can share this post!

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...