back
NMB ad

काठमाडौ चक्रपथमा मालबाहक सवारी चलाउन नपाईने

Kumari bank ad

काठमाडौ ।चक्रपथमा मालबाहक गाडी (ट्रक, टिपर र मिनि टाटा) गुडाउन समय सीमा तोकिएको छ। यातायात व्यवस्था विभागका अनुसार नयाँ नियम अनुसार आजैबाट विहान ८ः३० बजेदेखि १०ः३० बजेसम्म र दिउँसो ३ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म ट्रक र टिपर लगायतका मालबाहक सवारी गुडाउन पाइने छैन।

ट्रक तथा टिप्पर ब्यवसायी महासंघ, राष्ट्रिय यातायात ब्यवसायी महासंघ लगायतका सरोकारवालाहरुको बैठकले उपत्यकामा अहिले भइरहेको अत्याधिक जामलाई न्युनिकरण गर्न ‘पिक आवर’मा चक्रपथभित्र मालबाहक सवारी प्रवेश गर्न नदिने निर्णय गरेको विभागका प्रवक्ता टोकराज पाण्डे जानकारी दिए। यसअघि चक्रपथभित्र ट्रक, टिपर र मिनि ट्रक विहान ६ देखि बेलुका ८ बजेसम्म गुडाउन रोक लगाएको थियो । यो ब्यवस्थालाई पनि यथावत राखेको विभागले जनाएको छ ।

प्रवक्ता पाण्डेका अनुसार प्रवेश निषेध गरिएको समयमा चक्रपथमा ट्रक, टिपर र मिनि ट्रक गुडाएको पाइएमा महानगरिय ट्राफिक प्रहरीले कारवाही गर्ने हुनेछ। अटेर गरी रोक लगाएको समयमा चक्रपथमा मालबाहक गाडी गुडाएमा बढीमा ५ हजारसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।

प्रकाशित मितिः २०७४ असार २७

वि.सं.२०७४ असार २७ मंगलवार १६:१७ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...