back
NMB ad

ग्रामीण सडक अवरूद्ध

Kumari bank ad

इलाम । लगातारको अबिरल वर्षासँगै इलामका अधिकांश ग्रामीण सडक अवरूद्ध बनेका छन् ।

वर्षाले सडक हिलाम्मे हुनुका साथै ठाउँठाउँमा पहिरो जाँदा सडक अवरूद्ध बनेका हुन् । जिल्लामा खनिएका सयौँ ग्रामीण सडक हिलाम्मे भएपछि यातायात सञ्चालनमा कठिनाई भइ जनजीवन प्रभावित भएको छ ।

ग्रामीण सडकमा यातायातका सवारीसाधन चलाउन समस्या भएको र सवारीसाधन बिग्रिएर सडकमै रोकिने गरेकाले हैरान भएको यातायात व्यवसायीले बताएका छन् । जिल्लाका अधिकाश गाउँबाट सदरमुकाम जोड्ने सडक यतिखेर केही दिनदेखिको लगातारको वर्षाले हिलाम्मे बन्नुका साथै यातायात सञ्चालनमा अत्यन्तै कठिन बनेको छ ।

नामसालिङ–इलाम, नामसालिङ– फिक्कल, नयाँबजार–इलाम, नयाँबजार–फिक्कल, माबु– माइमझुवा–जमुना– सुलुबुङ– इलाम खण्डका साथै इभाङ–मङ्गलबारे, शान्तिडाँडा– मङ्गलबारे– इलाम सडक खण्डलगायतका अधिकांश ग्रामीण सडक हिलाम्मे भएपछि यातायात सञ्चालन र यात्रु आवातजावतमा समस्या भएको हो ।

आकाशबाट परेको पानी सडकमा जमेर सवारीसाधनको आवतजावतका कारण सडक हिलाम्मे हुने गरेको र यहाँबाट सार्वजनिक सवारीसाधन पार गर्न र गाउँमा खाद्यान्न लैजानसमेत कठिन भएको यातायात व्यवसायी पेम्वा शेर्पाले बताए ।

वर्षाका कारण सडकको ठाउँठाउँमा ठूल्ठूला खाल्डो परेकाले गाउँमा सञ्चालित एम्बुलेन्स सेवासमेत प्रभावित बनेको छ । ग्रामीण सडक तत्काल मर्मतसम्भार नभएमा सार्वजनिक सवारी साधन बन्दै गर्नुपर्ने अवस्था आउने यातायात व्यवसायी तथा मजदुर बताउँछन् । रासस

प्रकाशित मितिः २०७४ असार ३१

वि.सं.२०७४ असार ३१ शनिवार १४:१३ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...