back
NMB ad

बैंकले २५० प्रतिशत हकप्रद दिनैपर्ने धितोपत्रको निर्देशन !

Kumari bank ad

काठमाडौ । सहारा विकास बैंकले पूर्वघोषित २५० प्रतिशत हकप्रद सेयर अनिवार्यरुपमा निष्काशन गर्नुपर्ने भएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले कानुनलाई पालना गर्न निर्देशन दिएपछि प्रस्तावित हकप्रद सेयर खारेज गर्न बोलाइएको सहाराको विशेष साधारणसभा फेरि स्थगित भएको छ ।
यसअघि साधारण सभाबाट पारित हकप्रद निष्काशन गर्ने निर्णयलाई खारेज गर्न सहाराले असार ३१ गतेलाई विशेष साधारणसभा बोलाएको थियो । तर, साधारण सभाबाट पारित भइसकेको हकप्रद सेयर ल्याउने निर्णय खारेज गर्न नहुने भन्दै सेयरधनीले नेपाल धितोपत्र बोर्डमा उजुरी दिएकै कारण बोर्डले स्पष्टिकरण सोधेपछि सहाराले पूर्वघोषित विशेष साधारणसभा साउन ७ गते बस्ने गरी मिति सारेको थियो । बोर्डले साधारण सभाले पारित गरेको हकप्रद ल्याउनैपर्छ भनेपछि सहाराले अहिले फेरी विशेष साधारण सभा स्थागित गरिएको सूचना सार्वजनिक गरेको छ । यसमा अब विशेष साधारण सभा बस्ने कुनै पनि मिति खुलाइएको छैन ।
सहाराको २०७३ पुस २९ गते बसेको छैठौ वार्षिक साधारण सभाले पुँजी बृद्धिका लागि भन्दै २५० प्रतिशत (१ः२.५) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर अहिले देवः विकास बैंकसँग एक्वायर हुने भएपछि २५० प्रतिशत हकप्रद ल्याउने साधारण सभाको निर्णयलाई खारेज गर्नकै लागि सहाराले विशेष साधारण सभा बोलाएको थियो ।

प्रकाशित मितिः २०७४ साउन ७

वि.सं.२०७४ साउन ७ शनिवार ०७:०० मा प्रकाशित

You can share this post!

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...