back
NMB ad

कस्तो अचम्म ?१८ औँ तल्लाबाट हाम फाल्दा पनि मर्ने चाहना पुरा भएन

Kumari bank ad

चीनको शानडोंग प्रान्तमा आत्महत्याका लागि एकजना महिलाले गगनचुम्बी महलको १८ औँ तल्लाबाट हाम फालिन् । तर उनको मर्ने चाहना पूरा भएन । उनलाई समय छँदै बचाइयो । गत जुलाई १५ मा यो घटना भएको हो । लियोचेंग सहरको एक भवनको १८ औँ तलाबाट हाम फाल्ने तयारी गरिरहेकी ती महिलालाई एक व्यक्तिले देखे । उनले तत्कालै पुलिसलाई खबर गरे ।

पुलिस क्षणभरमै घटनास्थल पुग्यो । हाम फाल्ने कोसिस गरिरहेकी महिलालाई त्यसो नगर्नका लागि झण्डै १ घण्टासम्म सम्झाउने कोसिस गर्यो पुलिसले । तर ती महिलाले मानिनन् र हाम फालिन् ।

तर उद्धारकर्मीहरुले ती महिला हाम फालेर भुइँमा नखस्दै तल भुईंमा हावा भरिएको निकै अग्लो गद्दा बिच्छ्याएका थिए । ती महिला भुइँमा बज्रिन पाइनन् र त्यहीँ गद्दामा खसिन् । जसका कारण उनलाई गम्भीर चोट लाग्न पाएन ।

उनलाई तत्काल अस्पताल लगियो । उनको अनुहारमा केही चोटपटक लागेपनि उनी खतरा बाहिर रहेको बताइएको छ । उनले आत्महत्या गर्न खोज्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः २०७४ साउन १०

वि.सं.२०७४ साउन १० मंगलवार १६:०८ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...