back
NMB ad

राजस्व संकलन २६ प्रतिशतले वृद्धि

Kumari bank ad

काठमाडौ । आर्थिक वर्ष २०७३\०७४ असार महिनासम्मको राजस्व गत वर्षको तुलनामा २६ प्रतिशतले वृद्धि भएको छ । यस वर्षको राजस्व लक्ष्यको तुलनामा १११ प्रतिशतको प्रगति भएको हो ।

    यस आ.बमा रु. २ खर्ब ५८ खर्ब १७ करोड ४९ लाख ८५ हजार संकलन भएको छ । यस आर्थिक वर्षको लक्ष्य रु.२ खर्ब ३३ अर्ब ६० करोड १५ लाख १७ हजार राजस्व रहेको थियो ।

शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ रु. १ खर्व ४८ अर्व २३ करोड ६० लाख ८६ हजार, मूल्य अभिवृद्धि कर रु. ६१ अर्व १२ करोड ३ लाख ८५ हजार र अन्तःशुल्क तर्फ रु. ४७ अर्व २१ करोड ५४ लाख २३ हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ११६ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०३ प्रतिशत र अन्तशुल्क तर्फ १०५ प्रतिशत हो ।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु. ७३ करोड ९७ लाख २५ हजार र रु. ८६ करोड ३३ लाख ६६ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९८ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८९ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर २७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २० प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३१ प्रतिशत रहेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७३÷७४ को बार्षिक लक्ष्यभन्दा ११ प्रतिशतले बढी राजस्व संकलन गर्न सफल भएको छ ।

साउन १० गते आन्तरिक राजस्व विभागमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक  किशोरजंग कार्कीले काठमाडौं उपत्यकाभित्रका ठूला करदाता कार्यालय, सवै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका प्रमुखहरुलाई निर्देशन दिए । उनले  वितेको आर्थिक वर्षमा चुनौतिपूर्ण लक्ष्य पूरा भएकोमा विभागको महानिर्देशकको तर्फबाट वधाई दिए ।

 कार्कीले कर प्रशासनले परिश्रमका साथ काम गरेकै कारण लक्ष्य पूरा गर्न सफल भएको बताए । उनले  चालु आर्थिक वर्षको लागि तोकिएको लक्ष्य पनि चुनौतिपूर्ण रहेकोले  मेहनत गर्न निर्देशन दिए । आन्तरिक राजस्व विभागलाई चालु आर्थिक वर्षका लागि करिव ३ सय अर्व राजस्व संकलन गर्नुपर्ने लक्ष्य तोकिएकोले सो चुनौति पूरा गर्नका लागि आजैबाट सक्रिय भएर लागि पर्न महानिर्देशक श्री कार्कीको निर्देशन थियो ।

 महानिर्देशक कार्कीले कार्य योजना बनाएर बजार अनुगमन गर्न निर्देशन दिए । राजस्व प्रशासनमा काम गर्ने प्रत्येक कर्मचारीको क्रियाकलाप सदाचारियुक्त हुनुपर्ने बताए ।

कार्यक्रममा उपमहानिर्देशकहरु चन्द्रकला पौडेल, राजेन्द्रकुमार पौडेल, धनिराम शर्मा र सूचना प्रविधि विज्ञ  प्रेमशरण श्रेष्ठले आ – आफ्नो शाखास“ग सम्बन्धित निर्देशन दिए ।

प्रकाशित मितिः २०७४ साउन १२

वि.सं.२०७४ साउन १२ बिहीवार १२:४२ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...