back
NMB ad

पुर्वजन्मको कुरा बताउने ४ वर्षको बच्चा !

Kumari bank ad

एजेन्सी–सुन्दा अपत्यारिलो लाग्छ । तर भारतको हरियाणास्थित एक गाउँमा बस्ने बालकको पुनर्जन्म भएको बताईएको छ ।

हरियाणाको जिन्द इलाकास्थित जलालपुरा कलां गाउँमा ४ वर्ष पहिले ती बालकको जन्म भएको हो । उनको नाम लभिस हो । लभिस जब जब बढ्न थाले र बोल्न थाले तब उनको मुखबाट प्रायः एउटा शव्द निस्कन थाल्यो, रामरा ।

वास्तवमा रामरा एउटा गाउँ हो जुन जलालपुराबाट केही टाढा पर्दछ । साथै ती बालकले आफ्नी आमाको नाम कमला भन्न थाले । जबकी उनकी वास्तविक आमाको नाम कमला थिएन ।

बालकले त्यस्तो अनौठो कुरा भन्न थालेपछि उनका परिवार लभिसलाई सात किलोमिटर टाढाको रामरा गाउँ तर्फ लागे । अचम्मको कुरा त के भने कहिल्यै रामरा गाउँ नगएको लभिसले उक्त गाउँमा जाने बाटो बताउँदै गए ।

रामरा पुगेपछि उनले आफ्नो पुर्वजन्मको घर भनी एउटा घरमा पूराए । त्यस घरमा उनी सन्दीप नामका बालक थिए अरे । उनले आफ्नो उक्त घरका आमाबुवा तथा अन्य सदस्यको नाम पनि भने । साथै उनले सबै मानिसलाई खेतको उक्त ठाउँमा लगे जहाँ ११ वर्ष पहिले करेन्ट लागेर सन्दीपको मृत्यु भएको थियो ।

वास्तवमा १४ वर्षका सन्दीपको सोही ठाउँमा ११ वर्षअघि करेन्ट लागेर मृत्यु भएको छ । लभिसले आफुले तिनै सन्दीप नामक बालकको पुनर्जन्म भएको दाबी गरेका छन् ।

यद्यपि विज्ञानले पुनर्जन्मलाई मान्दैन । तर सन्दीप र लभिसका परिवारलाई यो पुनर्जन्म नै हो भन्नेमा पूर्ण विश्वास छ । आफ्नो छोराको पुनर्जन्म पाएकोमा सन्दीपका परिवार खुसी छन् ।

प्रकाशित मितिः २०७४ साउन १३

वि.सं.२०७४ साउन १३ शुक्रवार १२:१४ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...