काठमाडैँ । भारतका चर्चित अभिनेता सुनिल शेट्टीले आज चन्द्रागिरिको भ्रमण गरेका छन् । उनले भ्रमणमा क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृश्यहरुको पनि अवलोकान गरेका हुन् ।
अनौपचारिक भ्रमणका लागि नेपाल आएका सुनिल शेट्टीलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रमशाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका छन् । शेट्टीले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिँद ैकाठमाण्डौको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकिय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए । साथै उनले चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिए ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
प्रकाशित मितिः २०७४ साउन २२
वि.सं.२०७४ साउन २२ आइतवार १५:०१ मा प्रकाशित