back
NMB ad

साम्राज्ञीले उछिनिन् अनमोललाई !

Kumari bank ad

वर्ष २०७२ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म ड्रिम्स बाट नेपाली रजतपटमा भित्रिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी सबैभन्दा चर्चित र व्यस्त नायिका हुन् । डेब्यू फिल्मले नै नसोचेको सफलता हात पारेपछि अहिले उनलाई नेपाली फिल्ममा संभावना बोकेकी नायिकाको रुपमा हेरिएको छ । ड्रिम्समा साम्राज्ञीले अनमोल केसीको अपोजिटमा अभिनय गरेकी थिइन् ।

अनमोल अहिले आफ्नो नयाँ फिल्म ुकृुको छायांकनमा व्यस्त छन् भने साम्राज्ञी अभिनित फिल्म तिमीसँग र ए मेरो हजुर २ प्रदर्शनको तयारीमा छन् । तिमीसँग भाद्र ८ गतेबाट अल नेपाल प्रदर्शनमा आउदैछ भने ए मेरो हजुर २ भाद्र १६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

अनमोल केसी अभिनित फिल्म ड्रिम्सबाट नेपाली रजतपटमा भित्रिएकी साम्राज्ञीको क्रेज अहिले गज्जबको छ । त्यो सामाजिक सञ्जालमा पनि देखिन्छ । फेसबुक र इन्टाग्राममा साम्राज्ञीका लाखौ फ्यान छन् । फेसबुक लाइक पेजमा साम्राज्ञीका २ लाख ३८ हजार भन्दा बढी फ्यान पुगिसकेका छन् । फेसबुकमा साम्राज्ञीभन्दा अनमोल अगाडि छन् । अनमोलका ३ लाख ७ हजारभन्दा बढी फ्यान फेसबुक लाइक पेजमा पुगेका छन् ।

इन्टाग्राममा भने अनमोललाई साम्राज्ञीले उछिनेकी छिन् । साम्राज्ञीले इन्टाग्राममा ८ सय ११ वटा फोटोहरु पोष्ट गरिसकेकी छिन् भने उनलाई १ लाख ७२ हजारले पछ्याउँछन् । यस्तै, उनले पनि ६ सय ७ जना अरु कोहीँलाई पछ्याउँछिन् । यो मामलामा अनमोल झण्डै ३० हजारले पछाडि छन् । हुनत, उनी खासै सामाजिक सञ्जालमा सक्रिय नरहने भएका कारण उनलाई साम्राज्ञीको तुलनामा कम फलोअर्स मिलेको छ । अनमोलले हालसम्म इन्टाग्राममा ३ सय ५२ फोटो पोष्ट गरेका छन् भने उनलाई १ लाख ३५ हजारले पछ्याउँछन् । उनले भने ४ सय ३४ जना अरुलाई पछ्याउँछन् ।

सामाजिक सञ्जालमा अनमोललाई समेत टक्कर दिएकी साम्राज्ञी युवापुस्तामाझ बलियो क्रेज बोकेकी नायिका हुन् । ड्रिम्सबाहेक अन्य फिल्म रिलिज नभएपनि साम्राज्ञीको माग र चर्चा अन्य नेपाली नायिकाहरुभन्दा उच्च छ । अहिले उनी इन्टु मिन्टु लण्डनमा नामक फिल्मको काममा व्यस्त छिन् । फिल्मीखबरबाट

प्रकाशित मितिः २०७४ साउन २३

वि.सं.२०७४ साउन २३ सोमवार १५:५६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...