back
NMB ad

बेनीले दिनेभयो चुलि निम्तो

Kumari bank ad

म्याग्दी । म्याग्दीमा २०७५ साललाई ‘बेनी भ्रमण वर्ष २०७५’ का रुपमा मनाउने तयारी शुरु भएको छ ।पर्यटकीय सम्भावनाले युक्त म्याग्दीलाई राष्ट्रिय, अन्तरराष्ट्रिय रुपमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा भित्र्याउने उद्देश्यले यस्तो तयारी सुरु गरेको हो ।

जिल्लाका युवाहरुले सरोकार भएका संघसंस्थासँग सहकार्य गरेर सो अभियानको तयारी शुरु गर्दै आएका हुन् । म्याग्दी उद्योग वाणिज्य संघका महासचिव एवं परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले उक्त अभियानको अगुवाई गरेका छन् ।

प्रवासी म्याग्देली, म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भ्रमण वर्षका कार्यक्रम अघि बढाइने शाक्यको भनाइ छ ।

अबको केही दिनमा नै भ्रमण वर्ष आयोजक समिति बनाएर काम अघि बढाइने तयारी भइरहेको बताइएको छ । शाक्यका अनुसार भ्रमण वर्ष शुरु हुनुअघि नै यु ट्युब, भिडियो, ब्रोसर, वेबसाइट, विज्ञापन पाटी, पुस्तिका आदि बनाएर तीव्र रुपमा प्रचारप्रसारको काम अघि बढाइने छ ।

शाक्यका अनुसार २०७५ सालभरिमा म्याग्दीमा ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजनासहित ‘बेनी भ्रमण वर्ष २०७५’ को आयोजना गर्न लागेको हो । मुक्तिनाथ प्रवेशद्वार, गलेश्वर धाम, घोडेपानी, पुनहिल, रुप्से र अन्धगल्छीले मात्र म्याग्दीको पहिचान अधुरो हुन्छ । तीबाहेक पनि म्याग्दीमा महिनौँ दिनसम्म घुम्न, प्राकृतिक सौन्दर्यको आनन्द लिन र सिक्न सकिने ठाउँ छन् ।
अन्नपूर्ण परिपथ, लोमान्थाङ, गुरिल्ला ट्रेक, मुक्तिनाथलगायत स्थान घुम्नका साथै अरु पर्यटकलाई समेत म्याग्दीका गन्तव्यसँग परिचित गराउने भ्रमण वर्षको उद्देश्य हो ।

अहिलेदेखि नै जिल्लाका एक नगरपालिकासहित पाँच वटै गाउँपालिकाका सम्भाव्य पर्यटकीयस्थलको जानकारी लिने र त्यहाँका बासिन्दालाई घरबास, पदमार्ग, सरसफाइलगायत पूर्वाधार निर्माणका लागि जानकारी दिने काम भइरहेको शाक्यले बताए ।

प्रकाशित मितिः २०७४ साउन २८

वि.सं.२०७४ साउन २८ शनिवार १४:०४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...