back
NMB ad

कोशी ब्यारेजको ढोका खोल्दा भारतको बिहार डुब्छकी भन्ने नेपालका मन्त्रीको यो कस्तो चिन्ता ?

Kumari bank ad

भक्तपुर । बाणिज्य मन्त्री मीन बिश्वकर्माले कोशी ब्यारेजका केही ढोका खुल्न सरकारले गरेको कुटनीतिक पहल सफल भएको भन्दै सबै ढोका खुल्दा भारतको बिहार डुवानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले बिपद्का बेला सोचेर मात्र काम गर्नु पर्नेमा जोड दिएका छन् । उनले यति बेला बिपद् ब्यवस्थापन सरकारका लागि चुनौती बनेको बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री बिश्वकर्माले लगातार बर्षाका कारण तराई बाढीको डुबानमा र पहाड पहिरोको चपेटामा परेको अवस्थामा सरकारले सोचे जस्तो बिपद् ब्यवस्थापन गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आज बस्ने मन्त्रीपरिषद्को बैठकले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने सम्भावना रहेका बताएका छन् ।

लगातार बर्षाका कारण पहाड र तराई प्राकृतिक प्रकोपको चपेटामा परेको अवस्थाका कारण तेस्रो चरणको निर्वाचनलाई प्रभाव पार्न सक्ने अवस्था श्रृजना भएतापनि सरकारले बिभिन्न चुनौतिका माझ निर्वाचन सम्पन्न गर्ने उनले बताए । माघ ७ सम्म सम्पूर्ण निर्वाचन सम्पन्न नगरिए देशमा संबैधानिक संकटको अवस्था देखिने भन्दै उनले भने,सरकारले हचुवाको भरमा संसद र प्रदेशको निर्वाचन मिति घोषणा नगर्ने र निर्वाचन आयोगले निर्वाचन गर्न सक्ने अवस्थामा मात्र निर्वाचन मिति घोषणा गरिने छ ।

उनले भन्नु भयो संसद र प्रदेशको निर्वाचन एकै पटक गर्दा चार गुणा बढी जनशक्तिका साथै भौतिक साधनको आवश्यकता पर्ने भएको तर्फ निर्वाचन आयोगले निर्णय दिन नसकेको र सरकारले कसरी एकै पटक दुवै निर्वाचन गर्न सकिन्छ भनि निर्वाचन आयोगसँग गरेको परामर्शमा निर्वाचन आयोगले कुनै निर्णय गर्न नसक्दा अन्यौलता बढेको उनले बताए । संबिधान संसोधनको बिषयमा नेपाली काँग्रेसले सकेसम्म पास गराउने उद्देश्यका साथ बिपक्षी दलहरुसँग छलफल तिब्र रुपमा गरिरहेको र यस्तो अवस्थालाई ध्यान दिँदै राजपाले भाग लिनु पर्ने र संशोधनलाई पास गराउनु संशोधनको पक्षमा दुई तिहाई पुर्याउने वातावरण बनाउने तर्फ अग्रसर हुनु पर्नेमा उनले जोड दिए ।

वर्तमान सरकार दुवै छिमेकी देशसँग सम्बन्ध सुधार लागि अग्रसर रहेका बेला प्रधानमन्त्रीको भारत भ्रमण बिग्रिएको सम्बन्ध सुधार र ब्यापार घाटाका बारे छलफल हुने र चीनका उपप्रधानमन्त्रीको टोलीले गर्ने नेपाल भ्रमण नेपाल र नेपालीको हितानुकुल रहने उनले बताए ।

प्रकाशित मितिः २०७४ साउन २९

वि.सं.२०७४ साउन २९ आइतवार १७:१७ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...