back
NMB ad

प्रदेश र संसदको चुनाव एकैपटक गर्ने तयारी; पर्सि घोषणा

Kumari bank ad

काठमाडौं । प्रदेश र संसदको चुनाव एकै चरणमा चुनाव गर्ने सहमति गरेका प्रमुख तीन दलका शीर्ष नेताहरुले बिहीबार साँझ निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेपछि निर्वाचन आयोग सहमत भएको छ ।

‘सरकारले पर्सि निर्वाचनको मिति घोषणा गर्ने मंसिर ४ मा चुनाव गर्ने तयारी रहेको श्रोतले जनाएको छ ।

आयोगले प्रस्ताव गरेको हो यो मितिलाई दलहरुले सहमत देखिएका छन् । श्रोतका अनुसार दुई वटा मतपत्र हुनेछ । एउटा मतपत्रमा प्रत्यक्षतर्फ प्रदेशसभा र संसदका लागि मतदान हुनेछ भने अर्को मतपत्रमा समानुपातिकतर्फ प्रदेशसभा र संसदका लागि मतदान गर्नुपर्ने व्यवस्था गरिनेछ ।

निर्वाचनका लागि चाहिने कानुन ५ गतेभित्र र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन १५ गते भित्र चाहिने प्रमुख आयुक्त अयोधीप्रसाद यादवको भनाइ छ ।

स्रोतका अनुसार बैठकमा देशभर एकै चरणमा गर्ने कि दुई चरणमा भन्ने पनि छलफल भएको छ ।

स्रोतको अनुसार आयोगले पहिलो चरणमा हिमालीसहित ३१ जिल्लामा गर्ने र बाँकी जिल्लामा ७–८ दिनपछि गर्ने कि भन्ने सोच बनेको छ ।
यसबारे आयोगमा थप छलफल गरेर भोलिसम्ममा ठोस जवाफ दिने आयोग पदाधिकारीहरुले बताएका छन् । यदि दुर्इ चरणमा चुनाव हुने भयो भने पहिलो चरणमा हिमाली र पहाडी जिल्लाहरूमा चुनाव हुनेछ र एकै प्रदेशमा दुर्इ चरणमा पनि चुनाव हुनसक्छ ।

प्रकाशित मितिः२०७४ भदौ २

वि.सं.२०७४ भदौ २ शुक्रवार ०८:४५ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...