back
NMB ad

सोमबारबाट सवारीमा इम्बोस्ड नम्बर प्लेटः सरकारीमा अनिवार्य

Kumari bank ad

काठमाडौ। सरकारले सोमबारबाट सरकारी र कुटनीतिक सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जोड्न सुरु गर्ने भएको छ । सोमबारबाट बाग्मति अञ्चलमा दर्ता भएका निजी सवारीधनिले पनि आफ्नो सवारीमा स्वेच्छिक रुपमा इम्बोस्ड जोड्न पाउनेछन् ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउबाले इम्बोस्ड प्लेट जोड्ने कामको ओपचारिक सुरुवात गर्नेछन् । विभागले तत्काल सरकारी सवारीलाई अनिवार्य गरेपनि निजी सवारीलाई अनिवार्य गरिसकेको छैन । तर, केही समयभित्रै क्यालेण्डर बनाएर इम्बोस्ड प्लेटलाई सबै सवारीमा अनिवार्य रुपमा लागू गर्दै लैजाने तयारी भइरहेको विभागले जनाएको छ ।

सुरुवातमा काठमाडौका निजीसहित सरकारी,संस्थान र कुटनीतिक नियोगका सवारीका नम्बर प्लेटहरुलाई इम्बोस्ड प्रविधिमा रुपान्तरण गर्ने तयारी छ ।

इम्बोस्ड नम्बर प्लेट लागू गर्ने जिम्मा पाएको बंगलादेशी र अमेरिकी संयूक्त कम्पनी डेकाटुर टाइगर आइटीले इम्बोस्ड नम्बर प्लेट छाप्न सबै तयारी सकाएको छ । विभागको मिनभवनस्थित भवनमा मेसिन र उपकरण जोडेर छाप्ने कामको सबै तयारी गरिएको छ ।

यसअघि गत असोजबाटै इम्बोस्ड लागू गर्ने भनिएको थियो । यो प्लेट लागू गर्न टाइगर डेकाटुरले भ्याटबाहेक ३८.७५० मिलियन अमेरिकन डलर अर्थात ४ अर्ब ५ करोड रूपैयाँमा ठेक्का पाएको हो । अब यसअनुसार ५ वर्षभित्र २५ लाख सवारीको इम्बोस्ड प्लेट यो कम्पनीले छापेर सरकारलाई दिनेछ ।

५ वर्षभित्र देशभरका सबै सवारीमा इम्बोस्ड प्लेट जोडिसक्ने लक्ष्य छ । आफ्नो सवारीमा इम्बोस्ड प्लेट जोड्न चाहानेले यातायात कार्यलयमा गएर आफ्नो सवारीको विवरण भर्नुपर्नेछ ।

प्रकाशित मितिः २०७४ भदौ २

वि.सं.२०७४ भदौ २ शुक्रवार १६:५७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...