back
NMB ad

प्रचण्डको खुलासा– एमाले संगठन ध्वस्त पार्न कांग्रेससँग सहकार्य

Kumari bank ad

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेको संगठन ‘ध्वस्त पार्न’ सरकारदेखि विभिन्न निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको खुलासा गरेका छन् ।एमालेले उठाएको राष्ट्रवादको नाराभित्र अहंकार लुकेको दाबी गर्दै दाहालले त्यसलाई नतोडे माओवादी आन्दोलन र पार्टीकै भविष्य जोखिममा पर्ने बताए ।

एमालेको धारलाई भुत्ते पार्दै लैजाने र अन्ततः त्यसभित्रको एउटा धारलाई माओवादीकै छातामुनि ल्याउने कार्यनीतिअन्तर्गत कांग्रेससँग सहकार्य गरेको उनले बताए ।

‘एमालेमा अहिले राष्ट्रवादको नाममा दम्भ र अहंकार बढेको छ । त्यो अहंकार तोडिएन भने माओवादी आन्दोलन र हाम्रो पार्टीको भविष्य निकै अप्ठ्यारोमा पर्नेवाला छ’, दाहालले पार्टीनिकट पत्रकारको भेलालाई सम्बोधन गर्दै भने, ‘एमालेले हामीलाई कमजोर पारेर मात्र आफ्नो भविष्य देख्न खोजेपछि हामीले ऊसँगको सहकार्य तोडेका हौं ।’

संविधान निर्माणपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा रहेको माओवादीले गत वर्ष साउनमा एमालेसँग सहकार्य तोडेको छ ।

‘एमाले हामीलाई कर्नरमा पार्न चाहन्छ । लेफ्ट–लेफ्ट एउटै तरबारमा हिँड्न सक्दैनन्, त्यसकारण ओलीजीलाई कमल थापा, विजय गच्छदार अति प्रिय लाग्छन्’, उनले भने, ‘एमाले माओवादीलाई जताबाट भए पनि सिध्याउन चाहन्छ । त्यसको प्रतिवाद नगरी माओवादी आन्दोलनको भविष्य सुरक्षित हुँदैन ।’

दुई वामपन्थी पार्टी समानान्तर रूपमा रहन नसक्ने दाबी गर्दै उनले भने, ‘अहिले एमालेले हामीलाई डाइजेस्ट गर्न खोजेको छ ।’अन्नपूर्ण पोस्ट दैनिकमा खबर ।

प्रकाशित मितिः२०७४ भदौ ३

वि.सं.२०७४ भदौ ३ शनिवार ०८:२० मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...